सन्दीप र सोमपाल क्यानडामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडी लेगस्पिनर सन्दीप लामिछाने र अलराउन्डर सोमपाल कामी यतिबेला क्यानडामा छन् । सिंगापुरमा भएको टि–२० विश्वकपको एसिया छनोट सकिएलगत्तै उनीहरु ग्लोबल टि–२० लिग क्यानडा खेल्ने आइतबार बेलुका नै क्यानडा गएका हुन् ।

दोस्रो संस्करणको ग्लोबल टि–२० लिगमा सन्दीप टोरन्टो नेसनल्समा आबद्ध छन् भने सोमपाल कामी विनिपेग हक्समा आबछ भएका छन् । सन्दीपको ग्लोबल टि–२० लिग यो दोस्रो सहभागीता हो भने सोपमल पहिलो पटक अन्तर्राष्ट्रिग लिग खेल्न लागेका हुन् । पहिलो संस्करणमा सन्दीपले मेन्टोरियल टाइगर्सबाट खेलेका थिए ।

सन्दीप र सोमपाल आजैबाट टिममा सहभागी हुन् छन् । सन्दीपको टिममा युवराज सिंहसँगै केइरन पोलार्ड, ब्रेन्डन म्याकुलम, मिचेल म्याक्लनघनलगायत खेलाडी छन् भने सोमपालको टिममले जेपी डुमिनी, क्रिस लिन, उमर अकमल, ड्वायन ब्राभोलगायत स्टार खेलाडीको साथ पाएको छ ।

नेपालाको टि–२० विश्कपको एसिया छनोट खेल परेकाले सन्दीप र सोमपाल ढिलो गरी क्यानडा पुगेका हुन् । दुवैले लिगका २–२ खेल गुमाएका छन् । दुवै टिमले २ मध्ये १–१ खेल जितेका छन् ।

सन्दीप र सोपमाल दुवैका टिमले प्रतियोगिताको सुरुवात हारबाट गरेका थिए । सन्दीपको टिम टोरन्टो पहिलो खेलमा वान्कोभर नाइट्ससँग ८ विकेटले पराजित भएको थियो भने सोपालको टिम हक्स मोन्टरेल टाइगर्ससँग २४ रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा टोरन्टोले इड्मोन्टन रोयल्सलाई २ विकेटले पराजित गर्दा हक्सले वान्कोभर नाइट्सलाई ७ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *