द हन्ड्रेड खेल्न नपाएपछि नेपाल फर्किए सन्दीप

गत असार २४ गते नयाँ फर्म्र्याटको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ इंग्ल्यान्ड पुगेका नेपाली सन्दीप लामिछाने नेपाल फर्किएका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले भीसाको कारण देखाउँदै प्रतियोगिता खेल्न नपाउने बताएपछि सन्दीप नेपाल फकिएका हुन्।

द हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबलमा आबद्द थिए । तर, सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेल्नको लागि अनुमति नपाएका हुन्।

प्रतियोगिता खेल्न १० दिनअघि बेलायत पुगेका सन्दीपलाई त्यहाँको सरकारले भीसा मान्यनता नदिएको र देश छाड्न आग्रह गरेकाले सन्दीप बिहीबार नै स्वदेश फर्किएका हुन्।

असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरेपछि भिसा समस्या आएको हो । यसअघि उनले भिसा ढिला आउँदा भाइटालिटी टि–२० ब्लास्ट पनि गुमाएका थिए। त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।

द हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । द हन्ड्रेड खेल्न नपाउने भएपछि सन्दीपले फेसबुक मार्फत् आफू दुःखी भएको उल्लेख गरेका थिए।

Facebook Comments Box