सन्दीप बने काठमाडौं किंग्सको कप्तान

नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल)मा युवा लेगस्पिनर सन्दीप लामिछाने कप्तानको भूमिका देखिए भएका छन्। आगामी असोज पहिलो साता कीर्तिपुरस्थित टियू मैदानमा हुने इपिएलमा सन्दीपले काठमाडौं किंग ११को कप्तानी गर्ने छन्।

सन्दीपको जन्मदिनको अवसर पासरेर काठमाडौं किंग्सले उनलाई कप्तानका रुपमा सार्वजनिक गरेको हो। काठमाडौं किंग्सले फेसबुकमा सन्दीपलाई २१औं जन्मदिनको शुभकामना दिँदै कप्तानको जिम्मवारी दिएको हो।

यसअघि सन्दीपले गतवर्ष भएकाे काठमाडाैं मेयर्स कप क्रिकेट प्रतियाेगितामा मेयर्स ११ टिमकाे पनि कप्तानी गरेका थिए।

‘द हन्ड्रेड’ लिग खेल्न इंग्ल्यान्ड पुगेका सन्दीप प्रतियोगिता नखेली नेपाल फर्किएका छन्। इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले सन्दीपको भिसालाई मान्यता नदिएपछि उनी द हन्ड्रेड खेल्नबाट बञ्चित भएका थिए।

काठमाडौंमा सन्दीपसँगै पाकिस्तानी भेट्रान अलराउन्डर साहिद अफ्रिदी पनि छन्। काठमाडौंले उनलाई आइकोनिक खेलाडीका रुपमा अनुबन्धन गरेको हो। यस्तै, दीपेन्द्रसिंह ऐरी र सुवास खकुरेलले पनि काठमाडौंबाटै इपिएल खेल्ने छन्।

इपिएल असोज ९ देखि २३ सम्म संचालन हुने छ। प्रतियोगितामा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Comments Box