सन्दीपको मुद्दामा पुनरावेदनमा जाने सरकारी वकिलको राय

Read Time:2 Minute

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्नुपर्ने भनी बहस गरेका सरकारी वकिलहरुले उनलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च जानुपर्ने राय तयार गरेका छन् ।

उच्च सरकारी वकिलको कार्यालय, पाटनले उच्च अदालतको आदेश बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिनुपर्ने राय तयार भएको हो । राय सहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा पुगेको छ ।

उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा जाने कि नजाने भन्नेवारे महान्यायाधीवक्ता कार्यालयले निर्णय गर्छ । आदेश बदरको माग राखी सर्वोच्च अदालत जानुपर्ने भनी आएको रायमाथि अध्ययन हुने र त्यसका आधारमा निर्णय हुने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

उच्च सरकारी वकिलको कार्यालय पाटनले बलात्कारजस्तो जघन्य अपराधमा आरोपितविरुद्ध तत्काल प्राप्त प्रमाणले उनी दोषी हुनसक्ने अवस्था देखिएको अवस्थामा धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भनी राय तयार पारेको छ ।

पिडितले अदालतमा बकपत्र गर्दा समेत जाहेरीसँग मिल्नेगरी बकपत्र गरेकाले पनि उनको सुरक्षाका लागि आरोपितलाई थुनामा राख्ने आदेश हुनुपर्ने भन्दै राय तयार गरिएको हो । महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च जाने निर्णय गरेपछि मात्रै उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता हुन्छ ।

Happy
Happy
4 %
Sad
Sad
9 %
Excited
Excited
13 %
Sleepy
Sleepy
0 %
Angry
Angry
70 %
Surprise
Surprise
4 %
Previous post सूर्य नेपाल एनपीजीए म्याच प्ले मंगलबारदेखि हुने
Next post टाइगर कप भलिबल : एपिएफ र आर्मीको जित
Close