वेस्टइन्जिडका पूर्वक्रिकेटर भन्छन्, सिपिएल बीचमै छाड्नु पर्दा रोएका थिए सन्दीप

वेस्टइन्डिजका पूर्वराष्ट्रिय क्रिकेटर ड्यारिन गंगाले क्यारेबियन प्रिमियर लिग बीचमै छाड्नु पर्दा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने रोएको बताएका छन् । सन्दीप लगातार तेस्रो पटक सिपिएलका लागि छनोट भएपछि गंगाले यस्तो बताएका हुन् ।

अघिल्लो सिजन सन्दीपले बार्बादोस ट्राइडेन्सबाट सिपिएल खेलेका थिए । बार्बादोस र सन्दीप दुवैले राम्रो खेल्दा खेदै सन्दीपले सिपिएल बीचमै छाड्नु परेको थियो । नेपालको खेल र सिपिएलको सेड्युल जुधेपछि सन्दीप सिपिएल बीचमै छाडेका थिए ।

सिपिएलको भिडियो कन्फ्रेन्समा गंगालको अघिल्लो सिजन सिपिएल छोड्दा सन्दीप निकै दुःखी भएको बताएका हुन् । सो कन्फ्रेन्समा गंगाले सन्दीपको खुलेर प्रसंशा पनि गरेका थिए ।

‘सन्दीप उमेरले सानो छन् । उनमा सिक्ने भोक छ र टिमका खेलाडीसँग मिलेर मिलेर खेल्न सक्छन्’ गंगाले भनेका छन्, ‘सन्दीपक एक प्रतिभावान कुशल क्रिकेटर हुन् । उनमा हरदम टिमका लागि योगदान गरौं भन्ने भावना हुन्छ, र, उनी त्यसका लागि आतुर पनि देखिन्छन् । यो एकदमै राम्रो कुरा हो ।’

नयाँ सिजनको सिपिएलका लागि सन्दीपलाई १ करोड बढी मूल्यमा जमैका तलैवाजले निकेको छ । ‘गत सिजन बार्बादोसबाट राम्रो प्रदर्शन गरिरहेको समयमा सन्दिप आफ्नो देश फर्कनुपर्ने भएपछि बिचमै प्रतियोगिता छाड्नु पर्ने अवस्था आएको थियो’, गंगाले भने, ‘सो समयमा नेपाल फर्कंदा सन्दिप टिमसँग अन्तिमसम्म रहन पाउँदिन भन्दै टिम सामु रोएका थिए । यसले देखाउँ उनी खेलप्रति कति गम्भीर छन् भनेर ।’

गंगाले यस सिजनमा सन्दीप पुनः सिपीएलमा आबद्ध भएका भएको भन्दै विश्वका सबै फ्रेन्चाइज लिगको अनुभव बटुलेका उनले सिपिएलमा यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास ब्यक्त गरे ।

सन्दीपले सिपिएलका दुई सिजनमा उत्कृष्ट प्रदर्शन गरेका छन् । दुई संस्करणमा गरी उनले कुल १५ विकेट लिएका छन् । उनले प्याट्रिओट्सबाट ५ खेलमा ७ विकेट र बार्बादोसबाट ६ खेलमा ८ विकेट लिएका थिए । च्याम्पियन बार्बादोसबाट सन्दीपले अघिल्लो सिजन सिपिएल आधा मात्र खेलेका थिए ।

सन् २०१९मा टि–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनको सन्दीपले आईपिए, बिग बास लिग, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग, बंगलादेश प्रिमियर लिग खेलिसकेका छन् । सन्दीप टि–२० क्रिकेटमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी हुन् ।

वेस्टइन्डिजका विभिन्न देशमा हुँदै आएको सिपिएल कोरोना भाइरसका कारण यो पटक ट्रिनिडाड एण्ड टोबागोमा मात्र हुने छ । प्रतियोतिगामा अगस्त १८ देखि सेप्टेम्बर १० सम्म हुने छ । प्रतियोगिताको लागि सरकाससँग अनुमति लिन भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *