सिपिएल खेल्न सन्दीप यसै साता ट्रिनिडाड जाने, गराए कोरोना परीक्षण

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न यसै साता ट्रिनिडाड एण्ड टोबागो जाने भएका छन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएकाले ट्रिनिडाड एन्ड टोबागो जाने–नजाने अन्योलबीच सन्दीस यस्तै साता ट्रिनिडाड जाने भएका हुन् ।

सिपिएलका लागि सन्दीप आगमी बिहीबार या शुक्रबार ट्रिनिडाड जाने उनका व्यवस्थापक रमन शिवाकोटीले बताए । लामो दौडधुपपछि सन्दीपको ड्रिनिडाड उडान लगभग पक्का भएको उनले बताए । सन्दीपलाई सिपिएल खेल्न पठाउनका लागि नेपाल नागरिक उड्यान प्रधिकरण र खेलकुद मन्त्रालयले विशेष पहल गरिरहेका उनले बताए ।

‘सिपिएलका लागि सन्दीप बिहीबार या शुक्रबार ट्रिनिडाड जाने सम्भावना छ । तर, अझै फिक्स भने भइसेको छैन,’ व्यवस्थापक शिवाकोटीले भने ‘कम्तिमा अगस्ट १ तारेकभित्र वेस्टइण्डिज पुग्नुपर्ने छ, नभए जान पाउनेछैनन्, त्यही अनुसार पहल भइरहेको छ ।’

यसैबीच सन्दीपले ट्रिनिडाड जाने तयारी स्वरुप मंगलबार कोरोना परीक्षण गराएका छन् । सन्दीपले मंगलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराएको शिवाकोटीले जानकारी दिए । उनको कोरोना परीक्षणको रिपोर्ट बुधबार आउने बताइएको छ ।

कोरोनाका कारण प्रतियोगिता अघि अनिवार्य १४ दिन आइसोलेनस बस्नु पर्ने भएकाले सन्दीप जुलाई अन्तिम वा अगष्ट १–२ तारिखसम्म ट्रिनिडाड पुगिसक्नु पर्छ । आइसोलेनपछि पुनः कोरोना परीक्षण गराएपछि मात्र टिमसँग समावेश हुन पाइने छ । आयोजकले विदेशी खेलाडीलाई अगस्त १भित्र ट्रिनिडाड आइपुग्न भनेको छ ।

सन्दीप सिपिएलका लागि जमैका तलैवासमा आवद्ध छन् । सन्दीपको यो सिपिएलमा तेस्रो सहभागीता हो । पहिलो सिजन सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए भने दोस्रो सिजनमा उनी बार्बादोस ट्राइडेन्समा आबद्ध थिए ।

जमैकाको नेतृत्व स्टार अलराउन्डर आन्द्रे रसेलले गर्ने छन् । जमैकामा रसेलको अलावा कार्लोस ब्रेथवेट, चेटविक वाल्टन, तब्रिज साम्सी, आसिफ अली ओसाने थोमसलगायत खेलाडी छन् । विश्वका सबै फ्रेन्चाइज लिगमा आफ्नो प्रभाव छाडिसकेका सन्दीप डेढ करोड रुपैयाँमा सिपिएलका जमैकामा आबद्ध भएका छन् ।

सिपिएल वेस्टइन्डिजका विभिन्न देशमा हुँदै आएको सिपिएल कोरोना भाइरसका कारण यो पटक ट्रिनिडाड एण्ड टोबागोमा मात्र हुने छ । प्रतियोतिगामा अगस्त १८ देखि सेप्टेम्बर १० सम्म हुने छ । सिपिएलमा जमैकासँगै साविक विजेता बार्बाडोस ट्राइडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजान वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *