‘द हन्ड्रेड’ खेल्न सन्दीप आज इंग्ल्यान्ड जाने

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने द हन्ड्रेड क्रिकेट लिग खेल्न आज इंग्ल्यान्ड जाने भएका छन् । दुई सातापछि सुरु हुने नयाँ फम्यार्ट द हन्ड्रेड लिग खेल्न सन्दीप बिहीबार इंग्ल्यान्ड जान लागेका हुन्।

सन्दीपले द हन्ड्रेड ओभल इन्भिन्सिभल्सबाट खेल्ने छन्। इंग्ल्यान्ड पुगेपछि १० दिन क्वारेन्टाइनमा बसेपछि सन्दीप टिमसँग जोडिने छन्।

द हन्ड्रेन्ड २२ जुलाई देखि २१ अगष्टसम्म हुनेछ । ८ टिम सहभागी हुने प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा हुनेछ।

ओभल इन्भिन्सिभल्सले पहिलो खेल म्यानचेस्टर ओर्जिनल्ससँग खेल्ने छ।

इंग्ल्यान्डकै अर्को फ्रेन्चाइज प्रतियोगिता टि२० ब्लास्टमा पनि सन्दीप आबद्ध भएका छन् । तर, भिसा ढिला आउँदा उनले सो प्रतियोगिता गुमाएका थिए।

Facebook Comments Box