टियू मैदनका कर्मचारीलाई सन्दीपले दिए १ लाख रुपैयाँ

नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवी क्रिकेट मैदानका कर्मचारीलाई नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जानुअघि अयोजित पत्रकार सम्मेलनमा सन्दीपले टियू मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्न घोषणा गरेका हुन् ।

‘यो मेरो तर्फबाट सानो सहयोग हो । सायद सहयोग अलि ढिला पनि भयो कि ! कर्मचारीहरु पीडामा गुज्रिनु भएको थियो कि ! नजिकबाट नियाल्न त सकिन !’, बुधबार आयोजित पत्रकार सम्मेलनम सन्दीपले भने, ‘सबै जनाले समयमा तलब पाउनु भएको रहेनछ । उहाँहरूको लागि एकमुष्ट एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छु ।’

हाल त्रिवि मैदानमा १४ कर्मचारी कार्यरत छन् । आफूहरु जहिले आउँदा समेत इन्डोर, मैदान, पिच सबै तयार बनाई राख्नेहरुका लागि आफूले सानो सहयोग गरेको सन्दीपले बताए ।

सिपिएल खेल्न सन्दीप बिहीबार चाटर्ड फ्लाइटमार्फत् अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो पुग्ने छन् । सन्दीप आइतबार ट्रिनिडाड पुग्ने बताइएको छ । त्यहाँ १४ दिन क्वारेन्टाइनमा बसेपछि कोरोना परीक्षण गरेर सन्दीप टिमसँग समावेश हुने छन् ।

सिपिएलका लागि सन्दीप यसपटक जमैका तलैवासमा आबद्ध भएका हुन् । यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बादोस ट्राइडेन्समा आबद्ध थिए । सन्दीपको टिममा जमैकामा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तब्रिज साम्सी, आसिफ अली ओसाने थोमसलगायत खेलाडी छन् ।

सिपिएल अगस्त १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुने छ । सन्दीपको टिम जमैकाको पहिलो खेल अगस्त १९ मा सेन्ट लुसिया जुक्ससँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *