पाकिस्तान सुपर लिगमा आज डेब्यू गर्दै सन्दीपले

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने यतिबेला दुबईमा छन् । सन्दीप पाकिस्तान सुपर लिग खेल्न दुबई गएका हुन् । सन्दीपले शुक्रबार मुल्तान सुल्तान्सविरुद्ध पाकिस्तान सुपर लिगमा डेब्यू गर्ने प्रबल सम्भावना छ ।

पिएसएल क्लब लाहोर कलन्दर्समा सन्दीप आबद्ध छन् । उनी अहिले टिमका खेलाडीसँग दुबईमा अध्यास गरिरहेका छन् ।

मेलबर्न स्टार्सबाट बिग ब्यास लिग खेलेका सन्दीपले पिएसएलका सुरुवाती तीन खेल गुमाए । मेलबर्न फाइलनमा पुगेपछि उनले पिएसएलका तीन खेल गुमाएका हुन्

फ्रेन्चाइज लिगमा उत्कउष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा ‘हटकेक’ बनेका सन्दीपलाई खेलाउँदै बलिङ आक्रमण अझा धारिलो बनाउन चाहान्छ, लाहोर कलन्दर्स ।

महोम्मद हाफिजको कप्तानीमा रहेको लाहोर सुरुवाती ३ मध्ये २ खेल मागुउँदै अंक तालिकाको पुछारमा छ । इस्लामावाद युनाइटेड र पेशावर जल्मीसँग पराजित भएको लाहोरले कराँची किंग्सलाई भने २२ रनले पराजित गरेको थियो ।

लाहोरमा कप्तान हाफिज र सन्दीपसँगै दक्षिण अप्रिकाका एबी डे भिलियर्स, डेभिड वाइस, पाकिस्तानका फखर जामान, ह्यारिस सोहेल, यासिर शाह, न्युजिल्यान्डका कोरी एन्डरसन, न्युजिल्यान्डका कार्लोस ब्रेथवेटलगायत खेलाडी छन् ।

पछिल्लो सयम अन्तर्राष्ट्रिय क्रिकटमा युवा स्टारका रुपमा उदायका सन्दीप भर्खरै सम्पन्न बिग ब्यास लिगको फाइलन खेलेर उतैबाट दुबई गएका हुन् । पिएसएल सन्दीपको आठौं फ्रेन्चाइच लिग हो ।

आईपिएलबाट सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगको यात्रा थालनी गरेका थिए । त्यसपछि उनले ग्लोबल टि–२० लिग क्यानडा, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग, बंगलादेश प्रिमियर लिग र बिग ब्यास लिगमा आफ्नो स्पिनको जादु देखाइसकेका छन् ।

बिग ब्यास लिग सन्दीपको सबैभन्दा सफल प्रतियोगिता हो । बिग ब्यासका ८ खेलमात्र खेलेका सन्दीपले ६.५७ को इकोनोमीमा ११ विकेट लिएका छन् । सन्दीप मेलबर्नका लागि सबैभन्दा किफायति बलर हुन् ।

सन्दीपले बिग ब्यासको समूह चरणको अन्तिम खेलमा ३.४ ओभभरमा ११ रन खर्चेर ३ विकेट लिँदै मेलबर्न स्टार्सलाई सेमिफाइलनमा पु¥याएका थियो । सन्दीपको यो स्पेल प्रतियोगिताकै उत्कृष्ट बलिङ स्पेलमध्येको एक हो ।

सन्दीपले बिग ब्यासका सुरुवाती ४ खेलमा ८ विकेट लिँदै आफूलाई युवा स्टारको रुपमा उभ्याएका थिए । ती ४ खेलमा विपक्षी टिमका चारै जना कप्तानलाई पभेलियन फार्काएका सन्दीपले ‘क्याप्टेन किलर’को छवि पनि बनाएका थिए ।

४ खेल खेलेपछि सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश गएको थिए । बिपिएलको पनि ७ खेल खेलेपछि उनी युएईविरुद्धको एकदिवसीय र टि–२० सिरिज खेल्न दुबई गएका थिए । युएईविरुद्धको सिरिजपछि सन्दीप पुनः बिग ब्यासका लागि अस्ट्रेलिया गएका थिए ।

सन्दीप पाकिस्तान सुपर लिग खेलिसकेपछि उतैबाट भारत आउने छन् । २३ मार्चबाट सुरु हुने आईपिएलमा सन्दीप दिल्ली क्यापिल्टसबाट खेल्ने छन् । मुम्बई इन्डियन्सविरुद्ध खेल्दै सन्दीपले आईपिएलको दोस्रो सिजनको सुरुवात गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *