आईपिएल अक्सनमा नेपालबाट सन्दीप मात्र, बेस प्राइस ४० लाख

Read Time:2 Minute

इन्डियन प्रिमियर लिग (आईपिएल) मेगा अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र सहभागी हुने भएका छन्। आईपिएल आयोजकले मंगलबार सार्वजनिक गरेको एक्सन सहभगाी हुने खेलाडीको लिस्टमा नेपालबाट सन्दीपको मात्र नाम छ ।

आईपिएलको मेगा अक्ननका लागि सन्दीपसहित १५ जना खेलाडीले नाम दर्ता गराएका थिए । त्यसमध्ये सन्दीपकाे मात्र नाम अाएकाे हाे।

मेगा अक्नसमा नाम दर्ता गराउनेमा सन्दीसँगै सन्दीप जोरा, सेख दाजुभाइ आरिफ र आसिफ, पवन सर्राफ, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, अभिनास बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले पनि नाम दर्ता गराएका छन्।

अक्सनको अन्तिम लिस्टमा सन्दीपको नाम समावेश छ। दिल्लीबाट तीन पटक आईपिएल खेलेका सन्दीपको बेस प्राइस ४० लाख भारु तोकिएको छ।

अक्सनका लागि १२४६ खेलाडीले नाम दर्ता गराएका थिए । त्यसमध्ये मेगा अक्नसमा ५९० खेलाडीमात्र सहभागी हुने छन्। जसमध्ये ३७० भारतीय र २२० विदेशी खेलाडी छन्।

आईपिएल अक्सनमा अस्ट्रेलियाका सर्वाधिक ४७ खेलाडी परेका छन्। यस्तै, वेस्टइन्डिजका ३४, दक्षिण अफ्रिकाका ३३, न्युजिल्यान्ड र इंग्ल्यान्डका २४, श्रीलंकाका २३, अफगानिस्तानका १७, आयरल्यान्ड र बंगलादेशका ५, नामिबियाका ३, स्कटल्यान्डका २ र नेपाल, अमेरिका र जिम्बाबेका सामा १ खेलाडी अक्सनको सूचीमा छन् ।

एसोसिएटबाट ७ खेलाडी अक्सनको सूचीमा छन्। जसमा नामिबियाका सर्वाधिक ३, स्कटल्यान्डका २ तथा नेपाल, अमेरिका १ खेलाडी छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एमबाप्पेबाट किन खोसियो ७ नम्बरको जर्सी?
Next post राष्ट्रिय टिममा नवीनको डेब्यू, दर्शनलाई सुरुआतमै मौका
Close