क्रिकेटराष्ट्रिय क्रिकेट

लंका प्रिमियर लिगमा बिकेनन् सन्दीप

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने लंक प्रिमियर लिगमा बिक्न असफल भएका छन्। बुधबार भएको अक्सनको पहिलो चरणमा सन्दीप माथि लंका प्रिमियर लिगका कुनै टिमले चासो देखाएनन्।

लंक प्रिमियर लिगको अक्सनमा सन्दीपको बेस प्राइस ३० हजार अमेरिकी डलर थियो। अक्सनको दोस्रो चरण बाँकी नै रहेका उनको लांका प्रिमियर लिग खेल्ने सम्भावना भने बाँकी नै छ।

सन्दीप अघिल्लो संस्करणमा डम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए । तर, व्यक्तिगत कारणले उनले लिग भने खेलेका थिएनन्।

विश्वकप छनोटका लागि जिम्बेमा रहेका सन्दीप मंगलबार राति मात्र क्यानडामा हुने ग्लोबल टि–२० लिगमा बिकेका थिए । सन्दीपलाई ड्राफ्टबाट सुर्रे जाग्वार्सले अनुबन्धन गरेको थियो ।

सन्दीपसँगै दीपेन्द्रसिंह ऐरीले भने ग्लोबल टि–२० लिग खेल्ने छन्। उनी मोन्टरियल टाइगर्समा अनुबन्ध भएका छन्।