काठमाडौं मेयर्स–११को कप्तानी सन्दीपले गर्ने

शनिबारबाट सुरु हुने काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर्स–११ टिमको कप्तान युवा लेगस्पिनर सन्दीप लामिछाने गर्ने भएका छन्। पाकिस्तानबाट फर्किएपछि पीसीआर परीक्षण गराएर रिपोर्ट नेगेटिभ आएर सन्दीपले मेयर्स–११को कप्तान गर्ने बताइएको छ।

सन्दीप अघिल्लो सातामात्र पाकिस्तान सुपर लिग खेल्न पाकिस्तान गएका थिए । लाहोर कलन्दर्सले रसिद खानको स्थानमा टिममा राखेपछि उनी पाकिस्तान पुगेका थिए । तर, १७ जना खेलाडीका एकैपटक कोरोना संक्रमण देखिएपछि पाकिस्तान सुपर लिग अनिश्चितकालका स्थागित भएको छ। सोही कारण सन्दीप पिएसल नखेली काठमाडौं फर्कंदै छन्।

सिंगल राउन्ड रोबिनमा आधारमा हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, वागमती प्रदेश र काठमाडौं मेयर ११ गरी ५ टिम सहभागी हुने छन्।

नेपाल क्रिकेट संघले काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । यस्तै म्यान अफ दि सिरिजलाई ५० हजार, वेष्ट बलर र ब्याट्सम्यानलाई २५–२५ हजार र म्यान अफ दि म्याचलाई ५ हजार दिइने क्यानले जनाएको छ ।

त्रिभुवन आर्मी क्लब र एपिएफबीचको खेलसँगै प्रतियोगिता सुरु हुनेछ। टियू र मुलपानी मैदानमा हुने प्रतियोगिता २९ फागुनसम्म चल्ने छ।

यस्तो छ तालिका

  • फागुन २२

आर्मी भर्सेस एपिएफ (टियू)
पुलिस भर्सेस बागमती (मुलपानी)

  • फागुन २३

एपिएफ भर्सेस पुलिस (टियू)
मेयर्स ११ भर्सेस बागमती (मुलपानी)

  • फागुन २४

आर्मी भर्सेस मेयर्स ११ (टियू)

  • फागुन २५

बागमती भर्सेस एपिएफ (टियू)
पुलिस भर्सेस आर्मी (मुलपानी)

  • फागुन २६

मेयर्स ११ भर्सेस पुलिस (टियू)

  • फागुन २७

बागमती भर्सेस आर्मी (टियू)
एपिएफ भर्सेस मेयर्स ११ (मुलपानी)

  • फागुन २९

लिगका शीर्ष दुई टिम फाइनल (टियू)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.