बर्खास्तीमा परे ज्ञानेन्द्र, सन्दीप नयाँ कप्तान

Read Time:1 Minute

नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल बर्खास्तीमा परेका छन् । पछिल्लोसँग क्यानको निर्णयमा प्रश्न उठाउँदै आएका ज्ञानेन्द्रले बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तानबाट हटाउने निर्णय गरेको हो।

क्यानको खेलाडी वर्गिकरणमा ज्ञानेन्द्रसहित चार क्रिकेटरले सर्वाजनिक रुपमा असन्तुष्टी जनाएका थिए । उनीहरुको असन्तुष्टीपछि क्यानले उनीहरुसँग लिखित जवाफ माग्दै छानविन समिति पनि गठन गरेको थियो ।

ज्ञानेन्द्रसहित, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले मिडिया मार्फत क्यानको खेलाडी वर्गिकरणमा प्रश्न उठाएका थिए । सोपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दलगायतले सार्वजनिक रुपमै खेलाडीमाथि कराबाही गर्ने अभिव्यक्ति दिँदै आएका थिए । उनीहरुले खेलाडीले अनुशासन तोडेको आरोप पनि लगाएका थिए।

बोर्ड बैडकले ज्ञानेन्द्रलाई कप्तानबाट बर्खास्त गर्दै सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी पनि दिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अन्तरकलेज बोइज बास्केटबल : जय मल्टिपललाई हराउँदै विन्सम सेमिफाइनलमा
Next post क्यानको निर्णयमा प्रश्न उठाउने ज्ञानेन्द्रसहित ४ क्रिकेटर कारबाहीमा
Close