पिएसएलमा अन्तिम खेल खेल्दै सन्दीप, लाहारे प्लेअफ पुग्न असफल

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने अहिले कराँचीमा छन् । पाकिस्तान सुपर लिग खेल्न कराँची पुगेका सन्दीपले आज पिएसएलको अन्तिम खेल खेल्दैछन् ।

सन्दीपको टिम लाहोरले आज लिग चरणको अन्तिा खेलमा मुल्तान सुल्तान्सविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे कराँचीस्थित नेश्नल स्टेडियमा हुने छ ।

आइतबार भएको खेलमा कराँची किंग्सले क्वेटा ग्लाडियटर्समाथि अन्तिम ओभरमा सनसनीपूर्ण जित निकालेपछि लाहोर भने अन्तिम खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरियो । लाहोर ९ खेलमा ३ जित मात्र निकाल्दै अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

दुबईमा मुल्नान सुल्तान्सविरुद्ध खेल्दै पिएसएलमा डेब्यू गरेका सदन्दीप सुल्तान्सविरुद्ध कराँचीमा अन्तिम खेल खेल्दै पहिलो पिएसएल सहभागितालाई स्मरण योग्य बनाउँदै छन् । सुल्तान्सविरुद्धको डेब्यू खेलमा ३ विकेट लिँदै सन्दीपले डेब्यूलाई सानदार बनाएका थिए ।

प्रतियोगिताका केवल ६ खेल मात्र खेलेमा पनि सन्दीपको प्रदशर्न उत्कृष्ट छ । सन्दीपले ६ खेलमा ७.२६ को इकोनोमीमा बलिङ गर्दै ११ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिनेको सूचीमा चौथो नम्बरमा छन् ।

सन्दीपले क्वेटा ग्लाडियटर्सविरुद्ध १० रन खर्चेर ४ विकेट लिएको स्पेल प्रतियोगिताकै उत्कृष्ट स्पेल मध्येका एक हो । ६ खेलमा २२.१ ओभर बलिङ गरेका सन्दीपले त्यसक्रममा १६१ रन दिएका छन् । उनको स्ट्राइकरेड १२ छ ।

आईपिएल, सिपिएल, ग्लोबल टि–२० लिग क्यानडा, एपिएल, बिपिएल, टि–१० लिग, बिग ब्यास लिगलगायतका चर्चित लिग खेलिसेका सन्दीप पाकिस्तान सुपर लिग खेलिसेकर उतैबाट आईपिएलमा सहभागी हुन दिल्ली आउने छन् ।

आईपिलएलमा सन्दीप दिल्ली क्यापिटल्समा आबद्ध छन् । मार्च २३ बाट सुरु हुने आईपिएलको पहिलो खेल दिल्लीले मुम्बई इन्डियन्सविरुद्ध २४ मार्चमा खेल्दै छ ।

पिएसएलको प्लेअफ समीकरण पुरा

दुबई र कराँचीमा भएको पाकिस्तान सुपर लिगको प्लेअफ समीकरण पुरा भएको छ । प्रतियोगिताका लिग चरणको २ खेल बाँकी छँदै प्लेअफ पुग्ने ४ टिमको टुंगो लागिसकेको हो ।

पिएसएलको प्लेअफमा क्वेटा ग्लाडियटर्स र पेशावर जल्मीले पहिलो क्वालिफायर खेल्ने छन् भने इस्लामावाद युनाइटेड र कराँची किंग्सले एलिमिनेटर खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP