अक्सनमा नबिकेका सन्दीपले पिएसएल खेल्ने, रसिदको स्थानमा कलन्दर्सले लियो सन्दीपलाई

लगातार दुई सिजन पाकिस्तान सुपर लिग (पिएसएल)को अक्सनमा नबिकेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले यो सिजन पिएसल खेल्ने मौका पाएका छन्। पिएसएल टिम लाहोर कलन्दर्सले रसिद खानको स्थानमा सन्दीपलाई टिममा राखेपछि उनले पिएसएल खेल्ने मौका पाएका हुन्।

अक्सनमा सन्दीप र रसिद दुवै प्लाटिनम क्याटेगोरीमा थिए। रसिदलाई कलन्दर्सले किन्दा सन्दीप अन्सोल्ड भएका थिए। पिएसलका दुई खेल खेलेर राष्ट्रिय टिमका लागि खेल्न रसिद अफगानिस्तान फर्किपछि उनको स्थानमा कलन्दर्सले आफ्ना पूर्वखेलाडी सन्दीपलाई टिममा बोलाएको हो।

पिएसएलको ड्राफ्टमा सन्दीपसँगै पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अभिनास बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख पनि थिएन । उनीहरुसबै अनसोल्ड भएका थिए।

पिएसल खेल्न सन्दीप आजै पाकिस्तान प्रस्थान गरेका छन्। सन्दीप कतारको दोहा हुँदै कराँची पुग्ने छन्।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ । यसअघि सन् २०१९ मा सन्दीपले कलन्दर्सबाटै पिएसल खेलेका थिए। त्यतिखेर उनले सात खेलमा ११ विकेट लिएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.