इपिएलले तिरायो सन्दीपलाई जरिवाना

काठमाडौं किंग्स इलावेनका कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (इपिएल)ले जरिवाना तिराएको छ। प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा बिहीबार भएको पहिलो खेलमा चितवन टाइगर्सविरुद्धको खेलमा ‘स्लो ओभर बलिङ’ गराएका कारण सन्दीपलाई इपिएलले जरिवाना तिराएको हो।

इपिएलले कप्तान सन्दीपलाई म्याच फिको १० प्रतिशत जरिवाता तिराएको छ। म्याचरेफ्रि मोहम्मद सफिकले एक ओभर स्वलो ओभर रेटका कारण उक्त रकम जरिवना लागेको जानकारी दिए।

यस्तै, सन्दीपबाहेक चितवनविरुद्ध खेलेका काठमाडौंका अन्य १० खेलाडीलाई पनि जरिवाना गरिएको छ । उनीहरुलाई म्याच फिको २ प्रतिशत जरिवाना गरिएको छ।

जारी प्रतियोगितमा स्लो ओभर रेटका कारण कारबाही पर्ने सन्दीप पहिलो कप्तान हुन्। बिहीबार पहिलो खेलमा काठमाडौं चितवन टाइगर्ससँग ३ विकेटले पराजित भएको थियो।

Facebook Comments Box