सन्दीपको टिम बार्बादोस आज गुयानासँग भिड्दै

क्यारेबियन प्रिमियर लिगमा नेपाली युव लेगस्पिनर सन्दीप लामिछानेको टिम बार्बादोस ट्रेइडेन्सले पहिलो खेलमा आज गुयाना अमाजोन वारियर्स सँग खेल्दै छ । खेल नेपाली समयअनुसार आज राति २ः४५ बजे प्रोभिडेन्समा हुने छ ।

प्रतियोगिताका दुवै खेलमा जितेको गुयाना बार्बादोसलाई पराजित गर्दै शतप्रतिशत नतिजा निकाल्ने दाउमा छ भने बार्बादोस पनि गुयाना लाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

गुयानाले पहिलो खेलमा सेन्ट लुकास जुक्सलाई ११ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ८ विकेटले पराजित गरेको थियो ।

सिपिएलको दोस्रो जित खेलिरहेका सन्दीप पूर्वक्लब प्याट्रिओट्सविरुद्ध प्लेइङसेटमै खेल्ने सम्भावना प्रबल छ । विश्वका सबै फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई बार्बादोसले ७० हजार डलरमा किनेको थियो ।

विश्वका चर्चित सबै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपको यो सबैभन्दा महँगो अनुबन्धन हो । यसअघि सन्दीप बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिगमा ५० हजार डलरमा अनुबन्धन भएका थिए । यस्तै सन्दीप आईपिएलका दुवै सिजन २० लाख भारुमा दिल्ली क्यापिटल्स र डेयररडेभिल्समा अनुबन्धन भएका थिए ।

बार्बादोसमा एलेक्स हल्स, इमद वासिम, आसिफ अली, जासन होल्डर, साई होप, वाहब रियाजलगयात खेलाडी छन् । अघिल्लो सिजन सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेल्दै ५ खेलमा ६.२३ को इकोनोमीमा ७ विकेट लिएका थिए ।

प्रतियोगिताका लागि सन्दीप गत मंगलबार वेस्टइन्डिज गएका थिए । बुधबारबाट सुरु भएको सिपिएइलमा ट्रिनबागो नाइट राइडर्स र गुनया अमाजोन वारियर्सले शतप्रतिशत नतिजा निकालेका छन् । समान २ खेल जितको ट्रिनबागो र गुनया क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

बार्बादोसले दोस्रो खेल १२ सेप्टेम्बरमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससँग खेल्ने छ भने तेस्रो खेल जमैका तलाइवाससँग १५ सेप्टेम्पबरमा खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP