ग्लोबल टि–२० लिगमा सन्दीपको टिम टोरन्टो मोन्ट्रेलसँग भिड्दै

क्यानडामा जारी ग्लोबल टि–२० लिगको दोस्रो संस्करणको दोस्रो चरणमा नेपाली युव लेगस्पिनर सन्दीप लामिछानेको टिम टोरन्टो नेसनल्सले मोन्ट्रेल टाइगर्सको सामाना गर्दै छ । खेल नेपाली समयअनुसार बुधबार बेलुका १०ः३० बजे सुरु हुने छ ।

पहिलो चरणको अन्तिम खेलमा मोन्ट्रेललाई ४ विकेटले पराजित गरेकाले पनि टोरन्टोको मनोबल उच्च छ । आजको खेल जित्ने टिमले एलिमिनेटरमा प्रवेश पाउने हुनाले यो खेल निकै महत्वपूर्ण छ ।

आजको खेलमा टोरन्टोले जित हात पारेमा एलिमिनेटरमा उसको भेट सोमपाल कामीको टिम विन्निपेग हक्ससँग हुने छ । ब्राम्प्टन वुल्भ्स र भ्यानकुभर नाइट्स क्वालिफयरमा पुगिसकेका छन् ।

सन्दीपका टिम टोरन्टोले २ जित र ३ हारको सामना गर्दै पहिलो चरणमा चौथो स्थानमा थियो भने मेन्ट्रेल तेस्रो स्थानमा थियो । मेन्ट्रेल सन्दीपको पूर्व क्लब हो । उनले पहिलो सिजन मोट्रेलबाट खेलेका थिए ।

पहिलो चरणको पछिल्ला २ खेल खेलका सन्दीपको प्रदर्शन ठिकठाक मात्र छ । सन्दीपले पहिलो खेलम ४४ रन खर्चेर १ विकेट लिएका थिए भने दोस्रो खेलमा २८ रन खर्चेर १ विकेट लिएका थिए ।

टोरन्टो भारतीय अलराउन्डर युवराज सिंहको कप्तानीमा छ भने मोन्ट्रेलको कप्तानी अस्ट्रेलियन ब्याट्सम्यान जर्ज बेलीको कप्तानीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP