सन्दीपले दिलाए नेपाललाई दोहोरो सफलता

ब्याटिङमा खाराब प्रदर्शन गरेको नेपालले आईसिसी विश्वकप लिग–२मा अमेरिकाविरुद्ध बलिङ उत्कृष्ट सुरुआत गरेको छ। नेपाललाई १७४ रनमै रोकेर दोस्रो इनिङ थालेको अमेरिकाविरुद्ध नेपाललाई लेगस्पिनर सन्दीप लामिछानेले दोहोरो सफलता दिलाएका छन्।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ओपनिङ बलिङमा आएका सन्दीपले एकै ओभरमा २ विकेट लिँदै नेपाललाई सुखद् सुरुआत दिलाएका हुन् । इनिङका पाँचौं ओभरमा उनले कुनै रन नदिइ उनले सुशान्त मोदानीलाई एलबिडब्लु आउट गरे भने करिम गोरेलाई क्लिन बोल्ड गरे।

नेपालविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ताजा अवस्थामा ७ ओभरमा ४५ रन बनाउँदा २ विकेट गुमाएको छ।

Facebook Comments Box