मेलबर्न डर्बीमा पुनः चम्किए सन्दीप, स्टार्सलाई १६९ रनको लक्ष्य

सन्दीप लामिछानले मेलबर्न डर्बीमा पुनः उत्कृष्ट प्रदर्शन गरेपछि उनको टिम मेलबर्न स्टार्सले १६९ रनको लक्ष्य पाएको छ । डकल्यान्डमा जारी खेलमा रेनिगेट्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनायो ।

बिग बास लिगको दोस्रो मेलबर्न डर्बीमा पनि नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने चम्किएका छन् । डकल्यान्डमा जारी खेलमा सन्दीपले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । यसअघि पहिलो ‘मेलबर्न डर्बी’मा पनि सन्दीपले २६ रन खर्चेर ३ विकेट लिएका थिए ।

सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो बलमा क्रिजमा जमिरहेका सउन मार्सलाई कट एण्ड बोल्ड गरेका थिए भने अन्तिम ओभरको पहिलो बलमा बेउ वेबस्टरलाई विकेट किपर सेव गोचबाट क्याच आउट गराएका थिए । योसँगै सन्दीपले ७ खेलमा ८ विकेटका लिएका छन् ।

रेनिगेट्सका लागि सउन मार्सले सार्वधिक ६३ रन बनाए । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै, मार्कस ह्यारिसले ३२ बलमा ४२ रन बनाए भने वेबस्टरले २५, टम कुपरले १५ र कप्तान डान क्रिस्टियनले १२ रन बनाए ।

पहिलो विकेटका लागि मार्स र ह्यारिसले ८६ रनको साझेदारी गर्दै रेनिगेट्सलाई सुखद सुरुवात दिलाएका थिए । स्टार्सका सन्दीप र नाथन कुल्टर नाइलले समान २ विकेट लिँदा ह्यारिस रउफले १ विकेट लिए ।

यसअघि भएको पहिलो मेलबर्न डर्बीमा स्टार्स ८ विकेटले विजयी भएको थियो । आज खेल पनि जिते मेलबर्नले शीर्ष स्थानमा २ अंकको अग्रता बनाउने छ । उसले ७ खेलमा १२ अंक जोडेको छ । ८ खेलमा १२ अंक नै जोडेको सिड्नी सिक्सर्स दोस्रो स्थानमा छ । रेनिगेट्स भने जित बिहीन छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.