सन्दीपको बबाल बलिङ, ४ ओभरमा लिए ४ विकेट

पाकिस्तान सुपर लिग खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले अहिले जारी खेलमा क्वेटा ग्लाडियटर्सविरुद्ध बबाल बलिङ गरिरहेका छन् । सन्दीपले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । सोक्रममा सन्दीपले १५ डटबल पनि गरेका छन् ।

सन्दीपले क्वेटाविरुद्धको जारी खेलमा ४ ओभरमा ४ विकेट लिँदै लाहोरलाई सुखद् सुरुवात दिलाएका छन् । पावरप्लेको चौथो ओभरमा आफ्नो पहिलो ओभर बलिङका लागि आएका सन्दीपले पहिलो ओभरमै विस्फोटक ब्याट्सम्यान सेन वाट्सनलाई एलबिडब्लु धरापमा परोको थिए । पहिलो ओभरमा उनले ३ रन मात्र दिए ।

पावरप्लेको अन्तिम ओभर छैठौं आभरमा आफ्नो दोस्रो ओभर बलिङका लागि आएका सन्दीपले सो आाभरमा २ रन मात्र दिएर २ विकेट लिए । उनले पहिलो बलमै रिली रोस्सवलाई डेभिड वाइसबाट क्याच आउट गराए भने ओभरको अन्तिम बलमा उमर अकमललाई बोल्ड गरेका थिए ।

यस्तै ८औं ओभरमा आफ्नो तेस्रो ओभार बलिङका लागि आएका सन्दीपले तेस्रो बलमा ड्यानिस अजिजलाई ह्यारिस सोहिलबाट क्याच आउट गराए । उनले तेस्रो ओभरमा ३ रन मात्र दिए ।

१०औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङका लागि आएका सन्दीपले कुनै विकेट लिएनन् । उनले सो ओभरमा पनि कसिलो बलिङ गर्दै २ रन मात्र दिए ।

यसअघि सन्दीपले पिएसएलका २ खेलमा ४ विकेट लिँदै आफूलाई उत्कृष्ट प्रमाणित गरेका थिए । उनले पहिलो खेलमै मुल्तान सुल्तान्सविरुद्ध ३ विकेट लिएका थिए भने दोस्रो खेलमा क्वेटाविरुद्ध नै १ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP