सन्दीपको टि–२० ब्लास्ट र द हन्ड्रेड यात्रा अन्योलमा

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टि–२० ब्लास्ट र द हन्ड्रेड यात्रा अन्योलमा परेको छ। इंग्ल्यान्मा हुने यी दुई प्रतियोगिता खेल्न जाने भिसा अप्लाई गरेपनि अहिले सम्म भिसा नआएपछि सन्दीपको टि–२० ब्लास्ट र द हन्ड्रेड सहभागिता अन्योलमा परेको हो।

भाइटालिटी टि–२० ब्लास्ट र द हन्ड्रेड खेल्न सन्दीप का लागि सन्दीप यसै साता इंग्ल्यान्ड जानु पर्ने हो, तर भिसा नआउँदा उनी अन्योलमा छन्।

बेलायतले नेपाललाई रेड जोनमा राखेका कारणले तेस्रो मुलुकमा दुई साता बिताएर बेलायता जानु भएकाले अहिलेसम्म भिसा नआउँदा आफू समस्यामा परेको सन्दीपले उल्लेख गरेका ट्विट गरेका छन् ।

‘टि–२० ब्लास्ट र द हन्ड्रेडमा भाग लिन युके भिसाका लागि आवेदन दिएको एक महिनाभन्दा बढी भइसक्यो । उडानको दिन नजिकै आउँदैछ र अपडेटका लागि प्रत्येक पटक भिएफएसको अफिसमा फोन गर्दा कहिले पनि स्पष्ट जवाफ पाउँदिन’ सन्दीपले ट्विरमा लेखेका छन् । उनले ट्विटरमा नेपालस्थित बेलायती दूतावास, नेपालको प्रधानमन्त्री कार्यायल र परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीलाई मेन्सन गरेका छन् ।

१८ टिम सहभागी टि–२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म अयोाजना हुँदै छ। प्रतियोगितामा सन्दीप वर्सेस्टसायर र्‍यापिडबाट खेल्दैछन्। द हन्ड्रेड जुलाई २२ देखि अगस्ट २१ सम्म हुने तय छ। यसका लागि ओभल इन्भिन्सिबलमा आबद्ध छन् ।

Facebook Comments Box