सन्दीप चम्किँदा पर्थ स्कोचर्स ८६ रनमै अलआउट

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले बिग बास लिगमा पुनः उत्कृष्ट बलिङ गरेका छन् । सन्दीपले उतकृष्ट बलिङ गर्दै ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिएपछि पर्थ स्कोचर्स ८६ रनमै अलआउट भयो ।

क्यानबेरामा बुधबार भएको खेलमा सन्दीपले पहिलो ओभरमा ३ रन दिएका थिए भने दोस्रो ओभरमा पनि ४ रन मात्र दिए । तस्रो ओभरमा भने सन्दीपले मेडन २ विकेट लिए । सन्दीप १३औं ओभरको तस्रो र चौथो बलमा विकेट लिएका थिए ।

उनले क्रिस जोर्डनलाई बेन डंकबाट क्याच आउट गराएका थिए भने जेइ रिचर्डसनलाई क्लिन बोल्ड गरेका थिए । स्कोचर्सविरुद्धको २ विकेटसँगै सन्दीपले ९ खेलमा ११ विकेट लिएका छन् ।

मेलबर्न स्टार्सले उत्कृष्ट बलिङ गरेपछि पर्थ स्कोचर्स १३.५ ओभरमा अलआउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर जोस इंग्लिसले सर्वाधिक ३७ रन बनाए भने क्यामरुन बेनक्राफ्टले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

स्कोचर्सलाई सस्तैमा समेट्ने क्रममा मेलबर्नका सन्दीपका अलावा ज्याक्सन कोलम्यानले सार्वधिक ३ विकेट लिए । उनले ३ ओभरमा १६ रन खर्चिए । यस्तै, नाथन कुल्टर नाइल, ह्यारिस रउफ र कप्तान ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

आज जित हात पारे मेलबर्न लगभग प्लेअफमा पुग्ने छ । ९ खेलमा ८ जितका साथ मेबलर्न १६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.