आईपिएलमा बिकेनन् सन्दीप

Read Time:1 Minute

आइपिएलका जारी मेगा अक्सनमा नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने माथि कुनै टिमले बोली लगाएनन् । शनिबार अक्सनमा अन्तिम खेलाडीका रुपमा रहेका सन्दीपमाथि आईपिएलमा लगातार दोस्रो पटक बोली नलागेको हो।

आईपिएलमा सन्दीपले आफ्नो बेस प्राइस ४० लाख रुपैयाँ राखेका थिए । यसअघि सन्दीपले लागतार तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपिएल खेलेका थिए।

मेगा अक्सनको पहिलो दिन नबिके पनि दोस्रो (आइतबार) पनि सन्दीपमाथि बोली लाग्ने सम्भावना भने बाँकी नै छ। पलिलो दिन नबिकेका र बाँकी रहेका खेलाडीका लागि आइतबार पनि अक्सन हुनेछ।

शनिबार बैंग्लोरमा भएको अक्सनमा विकेटकिपर ब्याट्सम्यान इशान किशन सर्वाधिक महँगा खेलाडी बनेका छन् । उनलाई मुम्बई इन्डियन्सले १५ करोड ५० लाख रुपैयाँमा किनेको छ । यस्तै, चेन्नई सुपरकिंग्सले दीपक चहरका लागि १४ करोड खर्चिदा कोलकाताले श्रेयस ऐयरलाका लागि १२ करोड ५० लाख रुपैयाँ खर्चियो।

सन्दीपसँगै अस्ट्रेलियाका एडम जम्पा, स्टिभ स्मिथ, दक्षिण अफ्रिकाका डेभिड मिलर, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मुजिब उर रहमानमा पनि कुनै टिमले चासो दिएनन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post उपाधि होडमा मनाङलाई थ्री स्टारको धक्का, फाइदा मछिन्द्रलाई
Next post भिल्लारियलसँग रोकियो रियल
Close