प्रतिविकेट ८ हजार ८ सय ४८ रुपैयाँ रंगशालालाई दिने सन्दीपको घोषणा

नेपाली क्रिकेट स्टर सन्दीप लामिछानेले २२ माघदेखि टियु मैदानमा हुने वल्र्ड क्रिकोट लिग–२ अन्तर्गतको नेपाल–अमेरिका–ओमान एक दिवसीय त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ चितवनको गौतम बुद्ध रंगशालालाई दिने घोषणा गरेका छन् । आइतबार साँझ एक सामजिक सञ्जाल मार्फत् धुर्मुस सुन्तली फाउण्डेसनले बनाउँदै गरेको रंगशालालाई सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘नेपाली क्रिकेटको भविष्यको लागि पहिलो पटक सहयोग गर्न लागेको छु, आईसीसी विश्वकप लिग २ मा ओमान र अमेरिकासँगको खेलमा लिने प्रत्येक विकेट वापत ८ हजार ८ सय ४८ रुपैंयाँ गौतम बुद्ध रंगशालालाई सहयोग गर्ने घोषणा गर्दछु,’ सन्दीपले भनेका छन् । उनले नेपाली क्रिकेटलाई समर्थन गर्न र धेरैभन्दा धेरै विकेट शुभकामना दिन सम्पूर्ण नेपाली समर्थकलाई अह्वान समेत गरेका छन् ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा २२ देखि २९ माघसम्म हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि सन्दीप नेपाल आएका हुन् । उनी बिग ब्यास लिग अन्तर्गत मेलवर्न स्टार्सको क्वालिफायर खेल छाडेर नेपाल फर्किएका हुन् । बिग ब्यासमा उनले १३ खेलमा ४५ ओभर बलिङ गर्दै ३ सय ३५ रन खर्चेर १५ विकेट लिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.