अमेरिकाविरुद्ध सन्दीपको शान

नेपालका ग्लोबल स्टारका रुपमा परिचित सन्दीप लामिछानेका लागि बुधबार कीर्तिपुरस्थित टियू मैदान विशेष रह्यो । सन्दीपले बुधबार टियू मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे ।

सन् २०२३ को एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकाविरुद्ध सन्दीपले करिअरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिए ।

पहिलो पटक कीर्तिपुर मैदानमा एकदिवसीय सिरिज खेलिरहेका नेपालले अघिल्ला तीन खेलमा खासै राम्रो खेल्न सकेको थिए । ३ मध्ये १ खेलमा जित निकाले पनि नेपालको प्रदर्शन ठीकठाक मात्र थियो ।

अमेरिकाविरुद्ध नेपालले टस जित्यो र कप्तान ज्ञानेन्द्र मल्लले फिल्डिङको निर्णय गरे । अन्य खेलजस्तै मिडियम पेसर करण केसी र लेगस्पिनर सन्दीपले नेपाली बलिङ आक्रमणको सुरुवात गरे । पहिलो ओभर करणले मेडन फ्याँके ।

दोस्रो ओभरका लागिका लागि कप्तान ज्ञानेन्द्र मल्लले सन्दीपको हातमा बल थमाए । सन्दीपका सुरुवाती ५ बल इयान हल्यान्डले डट खेले । छैठौं बलमा हल्यान्डलाई पूर्वकप्तान पारस खड्काबाट क्याच आउट गराउँदै सन्दीपले विकेटको शृंखला सुरु गरे ।

दोस्रो विकेटका रुपमा सन्दीपले आठौं ओभरको दोस्रो बलमा मोनांक पटेललाई क्लिन बोल्ड गरे भने सोही ओभरको पाचौं बलमा निसार्ग पटेललाई पनि बोल्ड गर्दै अमेरिकालाई दबाबमा राखेका थिए । त्यसपछि सन्दीपले लगातार रुपमा विकेट लिए । अक्षय होमराज, टिमिल पटेल र नोस्थुस केन्जिग सन्दीपको बलिङ सिकार हुने अन्य खेलाडी रहे ।

अर्को इन्डबाट सन्दीपलाई सुशन भारीले पनि राम्रो साथ थिए । उनले पनि ओडिआईकै उत्कृष्ट बलिङ गरे । सुशनले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ४ विकेट लिए । सुशनले यसै सिरिज मार्फत ओडिआईमा डेब्यू गरेका थिए ।

अमेरिकाविरुद्धको सन्दीपको यो स्पेल नेपालको ओडिआइेकै सबैभन्दा उत्कृष्ट हो । यसअघि यो रेकर्ड सोमपाल कामीको नाममा थियो । उनले गतवर्ष युएईविरुद्ध ६.३ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिएका थिए । यो सूचीमा आजकै सुशनको स्पेल तेस्रो स्थानमा छ ।

अमेरिकाविरुद्धको प्रदर्शनसँगै सन्दीप नेपालका लागि एकदिवसीय क्रिकेटमा एक खेलमा सर्वाधिक विकेट लिने खेलाडी खेलाडी पनि बनेका छन् । गतवर्ष युएईविरुद्ध ५ विकेट लिँदै सोमपालले राखेको कीर्तिमान बुधबार कीर्तिपुरमा सन्दीपले तोडे । यस्तै सन्दीप एकदिवसीय क्रिकेटमा ५ विकेट लिने दोस्रो नेपाली खेलाडी पनि बनेका छन् । ५ विकेट लिने पहिलो खेलाडी सोमपाल कामी हुन् ।

सन्दीप एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । उनले १० खेलमा २३ विकेट लिएका छन् । समान १३ विकेट लिएका सोमापल र करण क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । सोमपालले ६ र करणले ९ खेल खेलका छन् । यस्तै डेब्यू सिरिजमै उत्कृष्ट प्रदशन गरेका सुशन ४ खेलमा ११ विकेट लिँदै चौथो स्थानमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.