सन्दीप आज नेपाल फर्कँदै

अस्ट्रेलियामा जारी बिग बास लिग खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आज नेपाल फर्कने भएका छन् । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अमेरिका र ओमानविरुद्धको क्रिकोणात्मक सिरिजका लागि सन्दीप बिग बास लिग बीचमै छाड्दै सोमबार नेपाल आउन लागेका हुन् ।

नेपाल, अमेरिकार र ओमानबीचको क्रिकोणात्मक एकदिवसीय सिरिज माघ २२ गतेदेखि २९ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने छ ।

सन्दीपले मेलबर्नबाट लिगका १४मध्ये १३ खेल खेले । जसमा उनले १५ विकेट लिए । उनले १३मध्ये १२ खेलमा विकेट लिएका थिए । सन्दीप मेलबर्नका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्, यो उनको फ्रेन्चाइज लिगमा सर्वाधिक विकेट हो ।

सन्दीपले ५५ ओभर बलिङ गर्दै ३३५ रन दिएका छन् । उनको एभरेज २२.३३ छ भने इकोनोमी ७.४४ छ । २६ रन खर्चेर ३ विकेट लिनु सन्दीपको बिग बासको उत्कृष्ट प्रदर्शन हो ।

सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि उनको टिम मेलबर्न स्टार्स लिगका १४ खेलमा १० जित निकाल्दै शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ । अब मेलबर्न फाइलन प्रवेशका लागि आगामी शुक्रबार सिड्नी सिक्सर्ससँग खेल्ने छ । १९ अंक जोडेको सिड्नी लिगमा दोस्रो भएको थियो ।

सन्दीपसँगै पिटर ह्यान्डसकोम्बले पनि चोटका कारण बिग बासका बाँकी खेल गुमाएका छन् । सन्दीपको स्थानमा मेलबर्नले दिलबर हुसेनलाई मौका दिने छ । यस्तै, अर्का पाकिस्तानी खेलाडी ह्यारिस रउफ पनि फर्किएपछि मेबलर्नलाई केही राहात भएको छ ।

यस्तो छ नेपालको सेड्युल

माघ २२ गते
नेपाल भर्सेस ओमान

माघ २५ गते
नेपाल भर्सेस अमेरिका

माघ २६ गते
नेपाल भर्सेस ओमान

माघ २५ गते
नेपाल भर्सेस अमेरिका

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.