धवन घाइते, सामसनलाई मौका

वेस्टइन्डिजविरुद्धको टि–२० सिरिजअघि भारतीय ओपनर शिखर धवन घाइते भएका छन् । शैयद मुस्ताक अली ट्रफीअन्तर्गत महाराष्ट्रविरुद्धको खेलका क्रममा धवन घाइते भएका थिए । रन लिने क्रममा डाइभ लगाउँदै धवनको बायाँ घुडाँमा चोट लागेको थियो ।

धनवको स्थानमा विकेटकिपर ब्याट्सम्यान सन्जु सामसनलाई भारतीय टिममा बोलाइएको छ । यसअघि बंगलादेशविरुद्धको टि–२० सिरिजका पनि सामसन भारतीय टिममा थिए । तर उनले खेल्ने मौका भने पाएका थिएनन् ।

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका कारण सामसनलाई मौका दिएको बिसिसीआईले जनाएको छ । सामसनले भारतीय राष्ट्रिय टिमबाट १ खेल मात्र खेलेको छन् । सन् २०१५ मा जिम्बाबेविरुद्धको खेलमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए । सो खेलमा सामसनले २४ बलमा १९ रन बनाएका थिए ।

सामसनले राजस्थान रोयल्यसबाट आइपिएलमा निरन्तर उत्कृष्ट पदर्शन गरिरेहका छन् । सामसनले १४६ टि–२० खेलमा २ शतक र २१ अर्धशतक प्रहार गर्दै कुल ३४६५ रन बनाएका छन् । यस्तै ५३ फस्टक्लास म्याचमा २९४५ र ८८ लिस्ट एमा २२८१ रन बनाएका छन् ।

वेस्टइन्डिजविरुद्धको टि–२० सिरिज डिसेम्बर ६ बाट सुरु हुने छ । तीन खेलको सिरिजको पहिलो खेल हैदरावादमा हुने छ भने दोस्रो खेल तिरुवनन्थापुरममा ८ डिसेम्बर र अन्तिम खेल मुम्बईमा ११ डिसेम्बरमा हुने छ ।

भारत भ्रमणमा रहेको वेस्टइन्डिजले तीन एकदिवसीय खेल पनि खेल्ने छ । ओडिआई सिरिज १५–२२ डिसेम्बरसम्म हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP