धवनको स्थानमा सामसन र श भारतीय टिममा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले न्युजिल्यान्ड भ्रमणका लागि भारतीय टिमको घोषणा गरेको छ । बिसिसीआईले बुधबार सन्जु सामसन र पृथ्वी शलाई राख्दै टि–२० र ओडिआई सिरिजका लागि छुट्टाछुट्टा टिम घोषणा गरेको हो ।

सामसन र श अहिले न्युजिल्यान्डमै छन् । दुवै भारतीय ए टिमबाट न्युजिल्यान्डसँग अभ्यास म्याच खेलिरहेका छन् । विकेटक किपर ब्याट्सम्यान सामसन टि–२० टिममा परेका छन् भने भर्खरै चोटमुक्त हुँदै मैदान फर्किएका ओपनिङ ब्याट्सम्यान श ओडिआई टिममा छन् ।

अस्ट्रेलियाविरुद्ध बैंग्लोरमा भएको तेस्रो खेलमा फिल्डिङका क्रममा घाइते भएका ओपनर शिखर धवनको स्थानमा सामसन र शलाई भारतीय टिममा स्थान दिइएको हो । सामसनले भारतका लागि २ टि–२० खेल मात्र खेलेका छन् भन् शले २ टेस्ट मात्र खेलेका छन् ।

सामसनले सन् २०१५ जुलाई १९ मा जिम्माबेविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए, त्यसपछि उनले यसैमहिनाको सुरुवातमा भएको श्रीलंकाविरुद्धको टि–२० सिरिजको अन्तिम खेल खेलेका थिए । शले भने सन् २०१८ अक्टोबरमा भएको वेस्टइन्डिजविरुद्धका दुवै टेस्ट खेलेका थिए । त्यसयता उनी भारतीय टिमा पर्न असफल थिए ।

न्युजिल्यान्ड भ्रमणमा भारतले ५ टि–२० र ३ ओडिआई खेल्ने छ । टि–२० सिरिज २४ जनवरीबाट सुरु हुने छ भने ओडिआई सिरिज ५ फेब्रुअरीबाट सुरु हुने छ ।

भारतीय टिम :

टि–२० : विराट कोहली, रोहित शर्म, केएल राहुल, सन्जु सामसन, श्रेयस ऐयर, ऋषव पन्त, मनिष पाण्डे, शिवम दुवे, वासिङ्टन सुन्दर, रवीन्द्र जडेजा, कुलदीप यादव, युजभेन्द्र चहल, जस्प्रित बुमराह, मोहम्मद सामी, नवदीप सैनी र शार्दुल ठाकुर ।

ओडिआई : विराट कोहली, रोहित शर्म, केएल राहुल, पृथ्वी श, श्रेयस ऐयर, ऋषव पन्त, मनिष पाण्डे, केदार जाधव, शिवम दुवे, रवीन्द्र जडेजा, कुलदीप यादव, युजभेन्द्र चहल, जस्प्रित बुमराह, मोहम्मद सामी, नवदीप सैनी र शार्दुल ठाकुर ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.