वेस्टइन्डिजमाथि न्युजिल्यान्डको जित

Read Time:1 मिनेट

वेस्टइन्डिजविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। बिहीबार जमैकाको सविना पार्कमा भएको खेलमा न्युजिल्यान्डले घरेलु टोलीमाथि १३ रनको जित निकालेको हो।

पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १८६ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्यो। उसका शामरन ब्रुक्सले सर्वाधिक ४२ रन बनाउँदा रोमारियो सेफर्डले नटआउट ३१ रन बनाए।

यस्तै? ओडेन स्मिथले २७ तथा जासन होल्डरले २५ रन बनाए । न्युजिल्यान्डका मिचेल सान्टनलले ३ तथा ट्रेन्ट बोल्ट, टिम साउदी, इश सोधी र लकी फर्गसनले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा १८५ रन बनायो। कप्तान केन विलियम्सनले नटआउट ४७ तथा डोभोन कन्वेले ४३ रन बनाए ।

वेस्टइन्डिजका ओडेन स्मिथले ३ विकेट लिँदा जासन होल्डर र ओबेड मकोईले समान १ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एकदिवसीय सिरिजको अन्तिम खेलमा बंगलादेशको जित
Next post बार्सिलोना छाड्ने तयारीमा केसिइ र क्रिस्टिन्सन
Close