पर्थ स्कोचर्सले जित्यो कीर्तिमानी चौथो पटक बिग बास लिग उपाधि

Read Time:2 Minute

जारी सिजनको बिग बास लिगको उपाधि पर्थ स्कोचर्सले जितेको छ । शुक्रबार मेलबर्नमा भएको फाइनलमा सिड्नी सिक्सर्समाथि ७९ रनको जित निकाल्दै पर्थ स्कोचर्सले उपाधि जितेको हो।

पर्थ स्कोचर्सले कीर्तिमानी चौथो पटक बिग बास लिग उपाधि जितेको थियो । यसअघि उसले सन् २०१४, २०१५ र २०१७मा उपाधि जितेको थियो।

पहिला ब्याटिङ गर्दै पर्थले दिएको १७२ रनको लक्ष्य पछ्याएको सिड्नीले १६.२ ओभरमा अलआउट हुँदै ९२ रनमात्र बनाउन सक्यो । उसका लागि ड्यानियल हग्सले सर्वाधिक ४२ रन बनाए । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे।

यस्तै, निकोलस बेउटर्सले १५ र जे लेन्टनले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । सिड्नीलाई सस्तैमा समेट्ने क्रममा पर्थका एन्ड्रयू टाईले ३ तथा झेइ रिचर्ड्सनले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पर्थले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १७१ रन बनायो । उसका लउरी इभान्सले ४१ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै नटआउट ७६ रन बनाए ।

यस्तै, कप्तान एस्टन टर्नरले ५४ रन बनाउँदा एस्टन अगरले १४ र जोश इंग्लिसले १४ रनको योगदान दिए । सिड्का नाथन लियोन र स्टिभ ओकिफले समान २ विकेट लिए।

होबर्ट हुरिकेन्सका ब्याट्सम्यान बेन म्याकडोरमेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बने । प्रतियोगिताभर उत्कृष्ट ब्याटिङ गरेका उनले २ शतक र ३ अर्धशतकसहित सर्वाधिक ५७७ रन बनाएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post विश्वकप छनोटमा नेपालले पहिलो खेल ओमानसँग खेल्ने
Next post जिम्बाबेका पूर्वकप्तान टेलरमाथि साढे तीन वर्षको प्रतिबन्ध
Close