दुई खेलअघि नै अस्ट्रेलियाले जित्यो एसेस सिरिज

Read Time:2 Minute

प्रतिष्ठित एसेस सिरिज घरेलु टोली अष्ट्रेलियाले जितेको छ। मलबर्नमा भएको तेस्रो टेस्ट एक इनिङ र १४ रनको जित निकाल्दै अस्ट्रेलियाले टेस्ट सिरिज दुई खेल अगावै जितेको हो।

यसअघि अस्ट्रेलियाले पहिलो टेस्ट ९ विकेटले जितेको थियो भने दोस्रो टेस्ट २७५ रजनले जितेको थियो।

खराब प्रदर्शनलाई निरन्तरता दिएको इंग्ल्यान्ड दोस्रो इनिङ्समा ६८ मै अलआउट भएपछि अस्ट्रेलिया विशाल जित निकाल्यो । इंग्ल्यान्डका कप्तान जोए रुटले सर्वाधिक २८ रन बनाउँदा बेन स्टोक्सले ११ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

इंग्ल्यान्डको इनिङ ध्वस्त बनाउने क्रममा स्कट बोलान्डले ७ रन खर्चिएर ६ विकेट लिए । मिचेल स्टार्कले ३ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै १८५ रनमात्र बनाउन सकेको थियो । उसका लागि कप्तान जोय रुटले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्यले गतिलो योगदान नदिँदा इंग्ल्यान्ड सस्तैमा समेटिएको थियो।। इंग्ल्यान्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका प्याट कमिन्स र नाथन लायनले समान ३ विकेट लिएका थिए ।

अष्ट्रेलियाले पहिलो इनिङमा २६७ रन जोडेको थियो । उसका मार्कस ह्यारिसले सर्वाधिक ७६ रन बनाउँदा डेविड वार्नरले ३८ रन बनाएका थिए। इंग्ल्यान्डका जेम्स एण्डरसनले ४ विकेट लिएका थिएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एन्फा कार्यसमिति बैठक पुस २२मा बस्ने
Next post नेपाल आइपुगे मुख्य प्रशिक्षक पुबुदु
Close