काउटिन्होलाई बार्सिलोनामै चाहान्छन् सेटिन

बार्सिलोनका नवनियुक्त प्रशिक्षक क्वेक सेटिनले लोनमा जर्मन क्लब बायर्न म्युनिखबाट खेलिरहेका ब्राजिलियन स्टार मिडफिल्डर बार्सिलोनामै देख्न चाहेको बताएका छन् । अर्नेस्टो भाल्भार्डेको प्रशिक्षणमा बार्सिलोनामा पर्याप्त अवसर नपाउँदा काउटिन्हो यसैसिजन बायर्न लागेका थिए ।

बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएलगत्तै पत्रकार सम्मेलनमा सेटिनले काउटिन्होलाई चाँडै नै क्लबमा देख्न चाहेको बताए । ‘काउटिन्हो उत्कृष्ट खेलाडी हुन्, त्यसमा दुईमत छैन,’ सेटिनले भने, ‘म उनीसँग काम गर्न चाहन्छु । त्यो बार्सिलोनाका लागि पनि फाइदा जनक हुने छ ।’

सेटिनले काउटिन्होलाई पुनः बार्सिलोनामा ल्याउन चाहे पनि उनले आफू बायर्नमै खुसी रहेको बताएका छन् । काउटिन्होले बायर्नमा परिवार भन्दा पनि राम्रो वातारवण बताएका थिए । उनले बार्यनले यस सिजन च्याम्पियन्स लिग जितेको हेर्न चाहेको पनि बताएका छन् । त्यसका लागि आफूले शतप्रतिशत योगदान दिने पनि काउटिन्होको भनाइ छ ।

बार्सिलोनामा ‘फ्लप’ भएका काउटिन्हो बायर्नमा भने उत्कृष्ट लयमा छन् । बायर्नमा उनले २२ खेलमा ७ गोल गर्नुका साथै ७ असिस्ट पनि गरेका छन् । काउटिन्होले गत डिसेम्बरमा बुन्डेस लिगा गोल अफ दी मन्थ अवार्ड पनि जितेका छन् । बायर्न पनि लोन सकिएलगत्तै काउटिन्होलाई स्थायी अनुबन्ध गर्ने तयारीमा छ ।

बार्सिलोनामा काउटिन्हो फ्लप हुनुमा धेरै फुबटल विश्लेषकले प्रशिक्षक अर्नेस्टो भाल्भार्डेको रणनीतिलाई मुख्य कारक मानेका छन् । काउटिन्होलाई गलत पोजिसनमा खेलाउँदा बार्सिलोनामा काउटिन्हो फ्लप भएको उनीहरुको आरोप छ । काउटिन्हो सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट १४५ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.