थप ७ पाकिस्तानी क्रिकेटरमा देखियो कोरोना

इंग्ल्यान्ड भ्रमणको तयारीमा रहेका ७ पाकिस्तानी क्रिकेटरमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार गरिएको परीक्षणमा थप ७ खेलाडीमा कोरोना संक्रमण देखिएको हो । यस्तै टिमका स्टाफ मालङ अलीलाई समेत संक्रमण भएको बताइएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अनुसार वाहब रियाज, फखर जमान, इमरान खान, कासिफ भाटी, मोहमद हाफिज, मोहमद हसनैन र मोहमद रिजवानमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै १० पाकिस्तानी क्रिकेटर कोरोना संक्रमित भएका छन् । समोबार गरिएको परीक्षणमा शादब खान, ह्यारिस रउफ र हैदर अलीमा कोरोना देखिएको थियो । कोरोना संक्रमित सबैलाई सेल्फ आइसोलेसनमा राखिएको पिसिबीले जनाएको छ ।

इंग्ल्यान्ड भ्रमणका लागि बन्द प्रशिक्षणमा रहेका २९ मध्ये १० खेलाडीमा कोरोना संक्रमण देखिएपछि इंग्ल्यान्ड भ्रमण अन्योलमा परेको छ । अन्य सबै खेलाडी र स्टाफको रिपोर्ट भने नेगेटिभ आएको छ ।

पाकिस्तानी टिम जुन २८मा इंग्ल्यान्ड भ्रमणमा जाने कार्यक्रमम छ । इंग्ल्यान्डमा पाकिस्तानले ३ खेलको टेस्ट र टि–२० सिरिज खेल्ने छ । टेस्ट जुलाई ३० बाट सुरु हुने भने टि–२० सिरिज २९ अगस्टबाट सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *