अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

अफ्रिदीले दिए बुमराहका छाेरालाई उपहार

पाकिस्ताका फास्ट बलर शाहीन शाह अफ्रिदीले भारतीय फास्ट बलर जस्प्रित बुमराहलाई उपहार दिएका छन्। उनले आइतरबार भारत र पाकिस्तानबीचको खेलअघि मैदानमा बुमराहलाई उपहार दिएका हुन्।

अफ्रिदीले उपहार दिँदै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। अफ्रिदीले सो उपहार बुमराहलाई नभएर उनका छोराका लागि दिएका हुन्।

बुमराह केही दिनअघि मात्र पिता बनेका थिए। भिडियोमाउनले बुमराहलाई छोराको लागि उपहार दिएर बधाई दिइरहेका छन्।

‘धेरै बधाई भाइ, मेरो तर्फबाट एउटा सानो उपहार। अल्लाहले उनलाई खुसी राखुन् र उनी नयाँ बुमराह बन्छन्,’ बुमराहलाई उपहार दिँदै अफ्रिदीले भनेका छन्।

जवाफमा बुमराहले भनेका छन्, ‘हाम्रो परिवार बढेको छ। आज बिहान हाम्रा छोरा अंगद जस्पित बुमराह संसारमा आएका छन्।

आफू पिता बन्ने भएपछि बुमराह एसिया कपका खेल छाडेर गत साता भारत फर्किएका थिए। जसका कारणले समूह चरणमा उनले नेपालविरूद्धको खेल गुमाएका थिए।