इपिएल खेल्न काठमाडौं आइपुगे अफ्रिदी, शुक्रबार राष्ट्रपतिलाईसँग भेट्ने

पूर्वपाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्। आसन्न एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्नका लागि खेल्नका लागि अफ्रिदी बिहीबार अपरान्ह कठमाडौं आएका हुन्।

असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुने चौथो संस्करणको इपिएलका लागि अफ्रिदी काठमाडौं किंग्स इवाभेनमा आबद्ध छन् । पाकिस्तानी टिमका पूर्वकप्तान समेत रहेका अलराउन्डर अफ्रिदी चौथो संस्करणको इपिएलका सबैभन्दा ठूला स्टार क्रिकेटर हुन्।

यसैबीच अफ्रिदीले शुक्रबार राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन्। शुक्रबार राष्ट्रपतिले इपिएलका टिम र आयोजकसँग भेट गर्ने कार्यक्रम छ, सोही अवसरमा अफ्रिदीले राष्ट्रपतिलाई भेट्न लागेका हुन्।

काठमाडौंले उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सको सामाना गर्ने छ। काठमाडौंले इपिएलका लागि विदेशी खेलाडीका रुपमा अफ्रिदीसँगै रहमानुल्लाह गुर्बाज. रायन ब्रुल र सिंगापुरका जनक प्रकाशलाई अनुबन्ध गरेको छ।

इपिएलमा काठमाडौंको कप्तानी युवा लेगस्पिनर सन्दीप लामिछानेले गर्नेछन् । काठमाडौंमा गुल्सन झा, सुवास खकुरेल, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी, राजु रिजाल, अमित श्रेष्ठ, अमरसिंह राउटेलालगायत खेलाडी छन्। प्रशिक्षकमा कलाम अली छन्।

Facebook Comments Box