टि–२० क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

टि–२० क्रिकेटमा बंगलादेशले ऐतिहासिक जित निकालेको छ। मंगलबार राति ढाका भएको खेलमा अस्ट्रेलियामाथि २३ रनको जित निकाल्दै बंगलादेशले ऐतिहासिक जित निकालेको हो। टि–२० क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई पराजित गरेको यो पहिलो अवसर हो।

पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १३२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलिया २० ओभरमा १०८ रनमै अलआउट भयो। उसका लागि मिचेल मार्शले सर्वाधिक ४५ रन बनाए । उनले ४५ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।

यस्तै मिचेल स्टार्कले १४ रन जोड्दा कप्तान म्याथ्यु वेडले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। अस्ट्रेलियाको इनिङ धरासायी बनाउन क्रममा नासुम अहमेदले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । यस्तै, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले सामान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनायो। उसका शकिब अल हसनले सर्वाधिक ३६ रन बनाउँदा मोहमद नाइमले ३० रन बनाए ।

यस्तै, आसिफ हुसेनले २३ र कप्तान मोमदुल्लाहले २० रनको योगदान दिए। अस्ट्रेलियाका जोस हाजलउडले ३ र मिचेल स्टार्कले २ विकेट लिए।

Facebook Comments Box