सकिब बने तीनै फर्म्याटमा बंगलादेशका लागि सर्वाधिक विकेट लिने खेलाडी

अलराउन्डर सकिब अल हसन क्रिकेटका तीन वटै फम्र्याटमा बंगलादेशका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। जिम्बाबेविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा ५ विकेट लिएसँगै सबिक तीनै फम्र्याटमा बंगलादेश सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

एकदिवसीय क्रिकेटमा सकिबले २१३ खेलमा २७४ विकेट लिएका छन् । यसक्रममा उनले पूर्व कप्तान मोसरफे मोर्तजालाई पछि पारे। मोर्जजाले २६९ विकेट लिएका छन् । टेस्टमा उनले ५८ खेलमा २१५ विकेट लिएका छन् भने टि–२० मा ७६ खेलमा ९२ विकेट लिएका छन्।

बंगलादेशका अलिहेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी सकिबका नाममा अन्य धेरै रेकर्ड छन् । उनी टेस्ट क्रिकेटमा १ हजार रन र १ सय विकेट लिने पहिलो खेलाडी हुन् भने एउटै टेस्ट म्यानमा १ सय रन र १० लिने पनि पहिलो खेलाडी हुन्। यस्तै, एक इनिङमा शतक र ५ विकेट लिने पनि पहिले खेलाडी हुन्।

यसैगरी एकदिवसीय क्रिकेटमा पनि १ हजार रन र १ सय विकेट लिने उनी पहिलो खेलाडी हुन् । यस्तै, एक इनिङमा अर्धतशक र ५ विकेट लिने पनि पहिलो खेलाडी हुन् । यस्तै, एकदिवसीयमा १ हजार रन, ५० विकेट र ५० क्याच लिने पनि पहिलो खेलाडी हुन्।

Facebook Comments Box