सकिब अल हसनको अलराउन्ड प्रदर्शनमा बंगलादेश टि–२० विश्वकपको सुपर १२मा

Read Time:2 Minute

बंगलादेश युएई र ओमानमा संयुक्त रुपमा आयोजना भइरहअ‍ेको टि–२० विश्वकपको सुपर १२मा प्रवेश गरेको छ। सकिब अल हसनको अलराउन्ड प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै बंगलादेश सुपर १२मा प्रवेश गरेको हो।

समूह बीमा रहेको बंगादेश पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । त्यसपछि ओमान र पपुवा न्युगिनीमाथि जित निकाल्दै उसले सुपर १२को यात्रा तय गरेको हो। समूह बीको सुपर १२ पुग्ने अर्को टिम स्कटल्यान्ड र ओमान मध्ये एक हुने छ । जारी ओमान र स्कटल्यानडबीचको खेल जारी छ।

ओमानको अल अमेरातमा भएको खेलमा पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १८२ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ९७ रनमा अलआउट भयो। उसका लागि किपलिन डोरिगाले अविजित ४६ रन बनाउनु बाहेक अन्य गतिलो योगदान दिन सकेनन् ।

पपुवा न्युगिनीको इनिङ ध्वस्त बनाउने क्रममा सकिब अल हसनले घातक बलिङ गरे। उनले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिएर ४ विकेट लिए। । यस्तै मोहम्मद सैफिदिन र तस्किन अहमेदले २(२ विकेट लिए । मेहदी हसनले १ विकेट लिए ।

यसअघिका पहिला ब्याटिङ गरेको बंगलादेशले महमुदुल्लाहको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । पहिलो ओभरमै मोहम्मद नइम खाता नखोली आउट भएपनि लिटन दास र शकिब अल हशनले दोस्रो विकेटका लागि अर्धशतकिय साझेदारी गरे ।

महमुदुल्लाहले २८ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ५० रन जोडे भने सकिब अल हसनले ३७ बल खेल्दै ३ छक्का मद्दतमा ४६ रनज जोडे । यस्तै, लिटन दासले २३ बलमा २९ रन बनाए । पपुवा न्युगिनीका काबुअ मोरेअ, डामिएन राभु र कप्तान असद भालाले समान २ विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फिफा वरियता : शीर्ष स्थानको बेल्जियमलाई ब्राजिलको थ्रेट
Next post युरोपा कन्फ्रेन्स लिग : रोमाको लज्जास्पद हार, टोटनहम पनि पराजित
Close