
दक्षिण अफ्रिकामाथि बंगलादेशको ऐतिहासिक जित
एकदिवसीय क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रिकामाथि एतिहासिक जित निकालेको छ। दक्षिण अफ्रिकाविरुद्ध पहिलो जित निकाल्ने क्रममा बंगलादेशले सेन्जुरियनमा घरेलु टोलीमाथि ३८ रनको जित निकाल्यो ।
पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८.५ ओभरमा २७६ रनमै समेटियो । उसकसा लािग रस्सी भान डेर डुसेनले ८६ रन बनाउँदा डेभिड मिलरले ७९, टेम्बा बाभुमाले ३१ रन बनाए।
बंगलादेशका मेहदी हसन मिराजले सर्वाधिक चार विकेट लिए भने ताक्सिन अहमेदले तीन विकेट तथा सोरिफुल इस्लामले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ओभरमा ७ विकेट गुमाएर ३१४ रन बनाएको थियो । बंगलादेशका लागि शकिब अल हसनले ७७ रनको अर्धशतकीय पारी खेले । यस्तै लिटोन दास र यासिर अलिले समान ५०र५० रनको अर्धशतकीय इनिङ्स खेले ।
बलिङतर्फ दक्षिण अफ्रिकाका मार्को जेनसन र केशव महाराजले समान दुई–दुई विकेट लिए ।
ऐतिहासिक जित निकालेको बंगलादेशले सिरिजमा १–० को अग्रता बनाएको छ ।