
वाट्सन बने दिल्लीको सहायक प्रशिक्षक
इन्डियन प्रियिमर लिग (आईपिएल)मा अस्ट्रेलियन पूर्वअलराउन्डर शेन वाट्सन फरक भूमिका देखिने भएका छन्। पहिलो संस्करणदेखि नै आईपिएल खेलिरहेका वाट्सन अब भने प्रशिक्षणमा देखिने छन्।
आईपिएलका सफल खेलाडी मध्ये एक सेन वाट्सनलाई दिल्ली क्यापिटल्सले सहायक प्रशिक्षक बनाएइको छ ।
दिल्लीको सहायक प्रशिक्षक नियुक्त भएपछि वाटसनले आईपीएल विश्वकै उत्कृष्ट प्रतियोगिता भएको भन्दै आफूले धेरै उत्कृष्ट क्षणहरू बिताएको र अहिले प्रशिक्षणको अवसर पाउँदा उत्साहित रहेको बताए । दिल्लीको टिम उत्कृष्ट बताउँदै र वाट्शनले टिममा सामेल हुन आतुर रहेको बताएका छन् ।
वाट्सनले खेलाडीका रूपमा डेकन चार्जर्स (अहिलेको राजस्थान रोएल्स)बाट सन् २००८ मा पहिलो संस्करणकै उपाधि जितेका थिए। त्यसपछि उनले चेन्नई सुपर किंग्सबाट २ पटक उपाधि उचालेका छन्।
दिल्लीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियन पूर्वक्रिकेटर रिकी पोन्टिङ मुख्य प्रशिक्षक छन् भने सहायक प्रशिक्षकमा वाट्सनसँगै प्नवीन आम्रे, अजित अग्रकर छन् भने् र जेम्स होप्स बलिङ प्रशिक्षकको रुपमा छन् ।