वाट्सनले लिए क्रिकेटबाट सन्न्यास

Read Time:3 Minute

चेन्नई सुपर किंग्सका अलराउन्डर अस्ट्रेलियन शेन वाट्सनले सबैखाले क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले चेन्नई आईपिएलको प्ले अफमा पुग्न असफल भएपछि मंगलबर सबैखाले क्रिकेटबाट टाढा रहने घोषणा गरेका हुन् ।

मंगलबार एक भिडियो जारी गर्दै ३९ वर्षीय वाट्सनले क्रिकेट ब्याट बिसाउने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘आफ्नो खेलजीवनको अन्तिम अध्याय लेख्न निकै गाह्रो हुँदोरहेछ, तर म आँट गर्दै छु । मैले स्वप्निल खेलजीवन बाँच्न पाएँ र यसका लागि सबैप्रति म कृतज्ञ छु ।’

चेन्नईले किंग्स इलेभेन पन्जाबमाथि आईपीएलमा प्राप्त गरेको जितपछि वाट्सनले साथीहरूमाझ यसबारे जानकारी दिएका थिए । वाट्सनले भिडियोमा भनेका छन्, ‘मैले सानोमै क्रिकेट खेल्न सपना बुनेको थिएँ र एकदिन आमालाई पनि भनेको थिएँ, मैले कुनै बेला अस्ट्रेलियाबाट खेल्ने छु भनेर । अहिले म औपचारिक रूपमै सबै क्रिकेटबाट संन्यास लिएको घोषणा गर्छु । मैले खेलाडी जीवनका रूपमा जे जति उपलब्धि हात पारें, त्यसलाई सपना पूरा भएकै अर्थमा लिएको छु ।’

वाट्सनले आफ्नी आमालाई क्रिकेट खेल्छु भन्दा उनी अस्ट्रेलियाको टेस्ट क्रिकेट हेरिरहेका थिए र त्यति बेला उनी ५ वर्षका मात्र थिए । उनले भनेका छन्, ‘अहिले म ३९ वर्षको भएँ र खेलाडी जीवनमा मैले पूर्णविराम लगाउँदै छु । मैले लामो यात्रा तय गरेको छु र यसबीच धेरै उतारचढाव अनि उत्तिकै चोट बेहोरेको छु । यसैले यहाँसम्म पुग्नुमा पनि म भाग्यमानी नै मान्छु ।’

चेन्नईले दुई वर्षअगाडि वाट्सनलाई अनुबन्ध गरेको थियो । त्यसअघि सन् २०१५ मै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका थिए । सन् २०१८ मा चेन्नईले तेस्रोपल्ट आईपीएलको उपाधि जित्दा उनले महत्त्वपूर्ण भूमिका खेलेको थिएँ र त्यसक्रममा फाइनलमा निर्णायक शतकसमेत प्रहार गरेका थिए । उनले चेन्नईबाहेक अन्य टिमका लागि पनि खेले । कुल १ सय ४५ आईपीएल खेलमा ३ हजार ८ सय ७४ रन बनाए भने ९२ विकेट लिए । चेन्नई आउनुअगाडि उनले राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेले ।

राजस्थानले सन् २००८ मा एकैपल्ट आईपीएल उपाधि जित्दा वाट्सन टिमका प्रमुख खेलाडी थिए । उनले अस्ट्रेलियाका लागि ५९ टेस्ट, १ सय ९० एकदिवसीय र ५८ ट्वान्टी–२० खेल खेले । अस्ट्रेलियाका लागि दुईपल्ट सन् २००७ र २०१५ मा आईसीसी विश्वकप जितेका छन् । यस्तै आईपीएल इतिहासमा उनी सफल खेलाडीमध्ये एक प्रमुख हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जिससको गोलमा सिटी विजयी
Next post ‘डगआउट’मै खुम्चिए सन्दीप
Close