शंकरदेवको आयोजनामा कलेजस्तरीय टि–२० हुँदै

शंकरदेव क्याम्पसको आयोजना तथा चन्द ब्रदर्श प्रालिको व्यस्थापनमा एसडिसी इन्टर कलेज टियु बिबिए एण्ड बिआइएम टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वैशाख ३० गतेदेखि जेठ १० सम्म चल्ने छ ।

प्रतियोगितामा बिबिएतर्फ १९ र बिआइएमतर्फ ७ गरी २६ कलेजको सहभागिता रहनेछ । प्रतियोगिताको सबैखेल मुलपानी मैदानमा सञ्चलान हुनेछन् ।

बिबिएतर्फको विजेताले ७० हजार र उपविजेताले ३५ हजार प्राप्त गर्नेछन् भने बिआएमतर्फका विजेताले ३० हजार र उपविजेताले १० हजार पाउँनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP