शरदले बनाए अर्धशतक

मिडल अर्डर ब्याट्सम्यान शरद भेषावर वश्वकप क्रिकेट लिग २ मा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा ओमानविरुद्ध शरदले ९६ बल खेल्दै अर्धशतक बनाएका हुन् । उनले ५ चौका प्रहार गरे ।

शरदले अर्धशतक बनाए पनि नेपालले राम्रँे ब्याटिङ भने गर्न सकेन् । ओमानले दिएको १९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले दुवै ओपनरलाई सस्तैमा गुमाएमा पछि नेपालमा दबाबमा परेको थियो । ज्ञानेन्द्र मल्ल १ र पारस खड्का ३ रनमा आउट भए ।

शरदका अलावा दीपेन्द्रसिंह ऐरीले ३२ रन बनाए भने विनोद भण्डारीले २६ रनको योगदान दिए । यस्तै आरिफ सेख ६ र रोहितकुमार पौडेल गोल्डेन डकआउट भए । दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे भने विनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

सुरुवातमै दबाबमा परेको नेपालले दीपेन्द्र र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । तर, लगत्तै दीपेन्द्र, आरिफ सेख र रोहितकुमार पौडल आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

ओमानका कप्तान जिसन मक्सुदले २ विकेट लिए । यस्तै, विलाल खान, कलिमुल्लाह, मोहम्मद नदीम र खवार अलीले समान १ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.