विश्वकप छनोटको नेपाली टिमबाट बाहिरिए शदर, कुशल टिममा

Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमबा अनुभवी ब्याट्सम्यान शदर भेषावकरले टि–२० विश्वकपको ग्लोबल छनोट गुमाउने भएका छन्। ओमानविरुद्धको पहिलो खेलमा बेन्चमै रहेका शरदले छनोटका बाँकी खेल पनि गुमाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शदर घाइते भएकाले टिमबाट बाहिरिएका हुन्। कुुर्कुचामा चोट लागेकाले शरद नेपाली टिमबाट बाहिरिएका हुन्।

यसअघि नेपालले चोटकै कारण अलराउन्डर करण केसीलाई पनि गुमाएको थियो । उनको स्थानमा गुल्सन झालाई टिममा बोलाइएको थियो।

क्यानको उनको स्थानमा युवा अलराउन्डर कुशल मल्ललाई टिममा बोलाएका छ । कुशल वैकल्पिक खेलाडीका रुपमा थिए । प्रशिक्षक पुबुदु दासानायकेले कशुललाई फिलिपिन्सविरुद्धको खेलमा प्लेइङसेटमै राखेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फिलिपिन्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, टि–२०मा गुल्सनको डेब्यू
Next post कुशलको शतक, नेपालले दियो फिलिपिन्सलाई विशाल लक्ष्य
Close