आईसिसी अध्यक्षले दिए राजिनामा, ख्वाजालाई निमित्त अध्यक्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष शशांक मनोहरले दुई वर्षको कार्यकाल सकिएपछि राजीनामा दिएका छन् । उनले दुई पटक आईसीसीको प्रमुखको हैसियतमा काम गरेपछि बुधबार राजीनामा दिएको आईसीसीले जनाएको छ ।

यस्तै आईसीसीको बुधबारकै बोर्ड बैठकले उपाध्यक्ष रहेका इमरान ख्वाजालाई अर्को अध्यक्ष चयन नहुँदासम्मका लागि अध्यक्षको जिम्मेवारी दिने सहमति गरेको छ ।

सन् २०१६मा आईसिसी अध्यक्षमा चयन भएका मनोहर सन् २०१८मा पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । आईसिसीले बुधबार नै एक विज्ञप्ति निकल्दै नयाँ निर्वाचन नहुन्जेलसम्मका लागि उपाध्यक्ष इमरान ख्वाजालाई अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ ।

आईसिसीको नियमअनुसार मनोहर अझै एक कार्यकाल अध्यक्षका रुपमा रहन सक्थे, तर उनले दोस्रो कार्यकाल पुरा भएलगत्तै राजिनामा दिएक छन् । आईसिसीको नियममा तीन कार्यकाल अध्यक्ष हुन पाउने प्रावधान छ । आईसिसी बोर्डले नयाँ निर्वाचन प्रक्रिया आगामी साता टुंगो लगाइउने बताएको छ ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका प्रमुख कोलिन ग्रावेस आईसिसीके नयाँ अध्यक्ष बन्ने सम्भावना धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यस्तै हङकङका ख्वाजाको नाम पनि अध्यक्षका रुपमा चर्चामा छ । तर, उनलाई आईसिसीका पूर्णकालिन सदस्यहरुको समर्थन नभएको बताइन्छ ।

इंग्ल्यान्ड, अस्ट्रेलिया तथा वेस्टइन्डिज ग्रावेसलाई अध्यक्ष बनाउने पक्षमा छन् । यस्तै, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँग पनि उनको राम्रो सम्बन्ध रहेकाले बताएको छ, तर बसिसिआईले खुलेर ग्रावेसको समर्थन भने गरेको छैन । मनोहर र बिसिसिआईबीचको सम्बन्ध भने राम्रो छैन । नारायणस्वामी श्रीनिवासन अध्यक्ष हुँदा भारतीय हीतविपरित काम गरेको मनोहरमाथि आरोप छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.