चोटका कारण धवनले गुमाए टि–२० सिरिज

भारतीय ओपनिङ ब्याट्सम्यान शिखर धवनले न्युजिल्यान्डविरुद्ध टि–२० सिरिज गुमाउने भएका छन् । काँधको चोटका कारण धवनले न्युजिल्यान्डविरुद्धको टि–२० सिरिज गुमाउने भएका हुन् ।

आइतबार बेंग्लोरमा भएको अस्ट्रेलियाविरुद्धको तेस्रो वानडेमा फिल्डिङका क्रममा धवनको काँधमा चोट लागेको थियो । खेलको पाचौं ओभरमा अस्ट्रेलियन कप्तानको आरोन फिन्चको सट ‘कभर प्वाइन्ट’मा डाइभ लगाएर रोक्ने क्रममा उनको काँधमा चोट लागेको थियो । सोही कारण धवनले सो खेलमा ब्याटिङ समेत गरेनन् ।

भारतले न्युजिल्यान्डमा ५ टि–२० र ३ एकदिवसीय खेल खेल्ने छ । अहिलेलाई धवनलाई टि–२० सिरिजबाट मात्र बाहिर राखिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ । एकदिवसीय सिरिजअघि नै धवन ठीक भए उनी टिममा फर्कने छन् । टि–२० सिरिज २४ जनवरी र एकदिवसीय फेब्रुअरी ५ बाट सुरु हुने छ ।

धवन न्युजिल्यान्डविरुद्धको टि–२० सिरिजबाट बाहिरिए पनि उनको स्थानमा कसलाई ल्याउने भन्ने टुंगो भने लागेको छैन । धवनको स्थानमा सम्मवतः विकेटकिपर ब्याट्सम्यान सन्जु सामसन, पृथ्वी शमध्ये एक हुने छन् ।

सामसनले भारतका लागि १ मात्र खेल खेलेका छन् । श्रीलंकाविरुद्धको टि–२० सिरिजमा सामसन रोहित शर्माको स्थानमा भारतीय टिममा परेका थिए । उनले पुनेमा भएको अन्तिम टि–२० मार्फत भारतीय टिममा डेब्यू गरेका थिए ।

भारत ‘ए’बाट न्युजिल्यान्डमा उत्कृष्ट प्रदर्शन गरिहेका पुथ्वी शले पनि धवनको स्थान लिन सक्ने छन् । न्युजिल्यान्डविरुद्धको वार्मअप म्याचमा एक सय बलमा १५० रनको उत्कृष्ट इनिङ खेलेकाले उनी पनि धवनको रिप्लेसमेन्टमा उपयुक्त खेलाडी हुन सक्नछन् । श पनि भर्खरै मात्र चोटबाट फर्किका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.