श्रीलंका भ्रमणमा भारतको कप्तानी धवनले गर्ने

भारतीय टिमले आगामी जुलाईमा श्रीलंका भ्रमण गर्ने भएको छ। भ्रमणका क्रममा भारतले श्रीलंकासँग एकदिवसीय र टि–२० सिसिज खेल्ने छ।

श्रीलंका भ्रमणमा भारतको नेतृत्व शिखर धवनले गर्ने छन्। श्रीलंका भ्रमणका लागि बिसिसिआईले बिहीबार धवनको नेतृत्वमा २० सदस्यीय टिम घोषणा गरेको छ।

धवनको नेतृत्वको टिम एकदिवसीय र टि–२० श्रीलंकामा हुँदा विराट कोहलीको नेतृत्वको भारतको ए टिम भने विश्व टेस्ट च्याम्पियनसिपको फाइलन र इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि इंग्ल्यान्डमा हुने छ।

त्यसैले श्रीलंका भ्रमणमा बिसिसिआईले दोस्रो रोजाइको टिम पठाउने निर्णय गरेको हो । श्रीलंका भ्रमणमा भारतीय टिमको प्रशिक्षकमा राहुल द्रविड हुने छन्।

भारतले श्रीलंकाविरुद्ध जुलाई ११, १६ र १८ एकदिवसीय तथा जुलाई २१, २३ र २५मा टि–२० म्याच खेल्ने छ।

धवनको नेतृत्वमा घोषणा गरिएको टिममा भुवनेश्वर कुमारले उपकप्तानको जिम्मेवारी पाएका छन् । टिमका अन्य सदस्यमा पृथ्वी श, देवदूत पाडिकल, रुतुराज गायकवाड, सूर्यकुमार यादव, मनिष पाण्डे, हार्दिक पाण्ड्या, नितिश राना, इशान किशन, सन्जु सामसन, युजभेन्द्र चहल, राहुल चहर, कृष्ण गौत्वाम, क्रुनल पाण्ड्या, कुलदीप यादव, वरुण चक्रवर्ती, दीपक चहर, नवदीप सैनी र चेतन सकारिया छन्।

Facebook Comments Box