धवनले बनाए आईपिएलमा पहिलो शतक, दिल्लीले चेन्नईलाई ५ विकेटले हरायो

ओपनर शिखर धवनले आईपिएलमा पहिलो शतक प्रहार गरेपछि उनको टिम दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ललाई ५ विकेटले पराजित गरेको छ । शनिबार राति सारजाहमा भएको खेलमा धवनले नटआउट १०१ रन बनाए पछि चेन्नईलाई ५ विकेटले हराउँदै दिल्ली आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ ।

चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याएको दिल्लीले १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो । शतकीय इनिङ खेलेका धवनले ५८ बलमा १४ चौका र १ छक्का प्रहार गरे गर्दै १०१ रन बनाए । यस्तै, मार्कस स्टोइनिसले २४, कप्तान श्रेयस ऐयरले २३ रन बनाउँदा अक्षर पटेलले ५ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाए ।

पृथ्वी शलाई शुन्य र अजिन्का रहाणेलाई ८ रनमै गुमाउएपछि दबाबमा आएका दिल्लीको इनिङ सम्हाल्ने क्रममा धवनले तेस्रो विकेटका लागि श्रेयससँग ६८, चौथो विकेटका लागि स्टोइनिसँग ४८ रनको साझेदारी गरेका थिए । चेन्नईका दीपक चहरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । चेन्नाइका लागि फाफ डु प्लेसिसले सर्वाधिक ५८ रन बनाए । उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, अम्बाती रायडुले २५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ४५ रन बनाए बनाउँदा शेन वाटसनले ३६ र रविन्द्र जडेजाले १३ बलमा ३३ रन बनाए । बलिङतर्फ एनरिच नोर्कियाले २ विकेट लिए ।

यसैगरी शनिबार नै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । विस्फोटक ब्याटिङ गर्दै एबी डे भिलियर्सले २२ बलमा नटआउट ५५ रन बनाएपछि राजस्थानले दिएको १७८ रनको लक्ष्य बैंग्लोरले २ बल बाँकी छँदा ३ विकेटले गुमाउँदै भेट्टायो ।

भिलियर्सले २२ बलमा १ चौका र ६ छक्का प्रहार गरे । यस्तै, कप्तान कोहलीले ३२ बलमा४३ रन बनाए । राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल तेवातियाले समान १ विकेट लिए ।

यअसघि कप्तान स्टिभ स्मिथले अर्धशतक बनाएपछि राजस्थानले ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । स्मिथले ३६ बलमा ५७ रन बनाए भने २२ बलमा ४१ रनको योगदान दिएका थिए । बैंग्लोरका क्रिस मोरिसले ४ तथा युजभेन्द्र चहलले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP