नेपालका दीपेन्द्रलाई पछि पार्दै भारतका श्रेयसअय्यर बने आईसिसीको प्लेयर अफ द मन्थ

Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र यूएईका युवा ब्याट्सम्यान वृत्य अरविन्दलाई पछि पार्दै भारतीय ब्याट्सम्यान श्रेयस अय्यर आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार फ्रेबुअरी महिनाकै उत्कृष्ट खेलाडी अर्थात् आईसीसी ‘प्लेयर अफ द मन्थ’ घोषणा गरेको हो। यस्तै, महिलातर्फ न्यूजिल्यान्डकी अलराउन्डर अमिलेया केर प्लेयर अफ द मन्थ बनिन्।

आईसीसीमातहतको एउटा स्वतन्त्र आईसीसी भोटिङ एकेडेमी र विश्वभरका समर्थकले सामाजिक सन्जालमार्फत गरेको मतलाई आधारमा आईसिसीले प्लेअर अफ द मन्थ घोषणा गरेको हो ।

गत महिना युएईमा भएको टि–२० विश्वकप छनोटमा गरेको प्रदर्शनका आधारमा दीपेन्द्र नोमिनेसनमा परेका थिए। विश्वकप छनोटमा नेपाल तेस्रो हुँदा दीपेन्द्रले १५९ रन र ६ विकेट लिएका थिए । छनोटअघि भएको चारदेशीय शृंखलामा १४२ रन बनाएका थिए भने ४ विकेट लिएका थिए ।

दीपेन्द्र आईसिसीको प्लेयर अफ द मन्थको नोमिनेसनमा पर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि गत वर्ष कुशल भुर्तेल नोमिनेसनमा परेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अस्ट्रेलियामा क्रिकेट कार्निभल हुने
Next post चम्किए बेन्जिमा र भिनिसियस, मालोर्कामाथि रियलको सहज जित
Close